‘लालीबजार’को विरोध गरिरहेकी रोशनी वादीलाई किन गरियो पक्राउ ?

0 Shares

हाल प्रदर्शनरत फिल्म लालीबजार विरुद्ध आन्दोलन गरिरहेकी अभियन्ता रोशनी वादी लाई सर्वोच्च अदालत परिसरबाट प्रहरीले नियन्त्रणमा लिएको छ।

काठमाडौं प्रहरीका प्रवक्ता पवन भट्टराई का अनुसार अदालतमा आफ्नो रिटमाथिको सुनुवाइ भइरहेका बेला रोशनीले इजलासमै हुलहुज्जत गरेपछि उनलाई नियन्त्रणमा लिइएको हो। हाल उनलाई सिंहदरबार प्रहरी वृत्त मा राखिएको प्रहरीले जनाएको छ।

रोशनीले फिल्म ‘लालीबजार’ले वादी समुदायका महिलालाई बदनाम गरेको आरोप लगाउँदै प्रदर्शन रोक्न माग गर्दै आएकी छन्। यस विषयमा उनले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।

फिल्मविरुद्धको आन्दोलनका क्रममा केही दिनअघि उनले रवि लामिछाने को गाडीअगाडि सुतेर समेत विरोध जनाएकी थिइन्। उक्त घटनापछि उनको आन्दोलन थप चर्चामा आएको थियो।

फिल्म ‘लालीबजार’लाई लिएर सामाजिक तथा सांस्कृतिक प्रतिनिधित्वबारे बहस तीव्र बन्दै गएको छ।

सम्बन्धित समाचार

सबै