पर्वतबाट सुरु भयो ‘अरिङ्गाल’को छायांकन

0 Shares

नेपाली फिल्म ‘अरिङ्गाल’को छायांकन पर्वतको राम्जामा सुरु भएको छ। बिहीबार कलाकार र निर्माण टिमले क्यामेरा पूजा गर्दै छायांकन प्रारम्भ गरेका हुन्।

ट्रु इन्टरटेनर्स प्रा.लि.को निर्माणमा बन्ने फिल्मलाई अमृतो स्वामीले निर्देशन गर्दैछन्। फिल्ममा निश्चल खड्का र सोफि धरेल मुख्य भूमिकामा देखिनेछन्।

लाइन प्रोड्युसर पुष्कर लामाका अनुसार राम्जामा १० दिन छायांकन गरेपछि फिल्मको बाँकी दृश्य काठमाडौंमा खिचिनेछ। काठमाडौंमा करिब एक महिना छायांकन गर्ने योजना छ।

फिल्मको कथावस्तु र अन्य कलाकारको विवरण भने निर्माण पक्षले गोप्य राखेको छ।

सम्बन्धित समाचार

सबै