निर्देशक मनोज पण्डित सेन्सर बोर्ड सदस्यमा नियुक्त

0 Shares

निर्देशक मनोज पण्डित केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) को सदस्यमा नियुक्त भएका छन्। मन्त्रीस्तरीय निर्णयमार्फत उनलाई सदस्यमा नियुक्त गरिएको सूचना तथा सञ्चार मन्त्रालय का प्रवक्ता उदयबहादुर रानामगर ले जानकारी दिएका छन्।

सरकारले गतसाता ल्याएको अध्यादेशपछि यसअघि नियुक्त तीन सदस्य पदमुक्त भएका थिए। तीमध्ये रिक्त रहेको एक पदमा मनोज पण्डित नियुक्त भएका हुन्। मन्त्रालयका अनुसार बाँकी दुई सदस्य पदमा पनि छिट्टै नियुक्ति प्रक्रिया अघि बढाइने तयारी भइरहेको छ।

मनोज पण्डित ले आजै मन्त्रालय पुगेर नियुक्तिपत्र बुझ्ने कार्यक्रम रहेको छ।

Director Manoj Pandit Appointed as Member of Nepal’s Censor Board

सम्बन्धित समाचार

सबै