‘मितज्यु’ ट्रेलर १० लाख भ्युज पार गर्दै ट्रेन्डिङमा, तेरियाको अभिनयले बटुल्यो प्रशंसा

0 Shares

काठमाडौँ । दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगरको मुख्य भूमिका रहेको नेपाली फिल्म मितज्यु को ट्रेलर युट्युबमा तीव्र चर्चामा छ। ओएसआर डिजिटलको आधिकारिक च्यानलमार्फत सार्वजनिक भएको ट्रेलर युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा पुगेको छ।

गत सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको ट्रेलरले छोटो समयमै १० लाखभन्दा बढी भ्युज पार गरेको छ। समाचार तयार पार्दासम्म ट्रेलरले १० लाख २७ हजारभन्दा बढी भ्युज पाएको छ भने सयौँ दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन्।

फिल्म मितज्यु मार्फत डान्सिङ रियालिटी शोबाट चर्चामा आएकी तेरिया फौजा मगर ले अभिनयमा डेब्यु गरेकी हुन्। उनको अभिनयलाई दर्शकले प्राकृतिक र प्रभावशाली भन्दै सामाजिक सञ्जालमा प्रशंसा गरिरहेका छन्।

फिल्मले नेपाली समाजमा हराउँदै गएको ‘मितेरी साइनो’ को मौलिक कथा प्रस्तुत गरेको छ। गाउँमा नयाँ बाटो बनेपछि गाडी चालकहरूबीच हुने प्रतिस्पर्धा, आपसी झगडा र दुई मित दयाहाङ राईसौगात मल्ल बीचको सम्बन्धमा आउने उतारचढावलाई ट्रेलरमा देखाइएको छ।

निर्देशक अनिल बुढा मगर रहेको यस फिल्मलाई जनक घर्ती मगर ले निर्माण गरेका हुन्।

सम्बन्धित समाचार

सबै