फाल्गुनन्द लिङदेन फिल्मस् प्रालि को आयोजनामा अमेरिकामा ‘एफएलएफ अवार्ड’को सातौं संस्करण आयोजना हुने भएको छ । भाषा–संस्कृतिमा आधारित फिल्म तथा म्युजिक भिडियोहरूलाई सम्मान गर्ने उद्देश्यसहित आयोजना हुन लागेको अवार्डले यतिबेला चर्चा बटुल्न थालेको छ ।
यस वर्षको अवार्डका निर्णायकमा अंकित शर्मा, विनोद शेरेङ, आशिष लिङ्देन, याशेली योङहाङ र वसन्ती राई रहेका छन् ।
आयोजकले विभिन्न विधामा मनोनयनमा परेका कलाकार तथा स्रष्टाहरूको नामसमेत सार्वजनिक गरेको छ । उत्कृष्ट नायकतर्फ रोहित रुम्बा, सोम लामा, रुद्र पाहिम र उमेश गुरुङ प्रतिस्पर्धामा छन् ।
उत्कृष्ट नायिकातर्फ लक्ष्मी योङहाङ, विमला खाजुम, निश्मा जिमी, बिपना आङबुहाङ र पुष्पाञ्जली लिम्बु मनोनयनमा परेका छन् ।
गायनतर्फ भीम मगर, जेपी नेम्वाङ, शम्भु फोम्बो, डिआर हाङसरुम्बा, मिरा फियाक, निरन्ता नेम्वाङ, मनु नेम्वाङ, एन्जिला नेम्वाङ, राजकुमार लिङदेन, पुर्ण सेलिङ र नन्दु तुम्बापो मनोनयनमा परेका छन् ।
निर्देशनतर्फ सागर केरुङ र दिपक तामाङ प्रतिस्पर्धामा छन् भने द्वन्द्व निर्देशनतर्फ पुन्य ओझा र बाबु तामाङ मनोनयनमा छन् । नृत्य निर्देशनमा दिनेश माङमु, जनक कार्की र एन्जल तामाङ प्रतिस्पर्धामा उत्रिएका छन् ।
फिल्मतर्फ ‘नाकछुङ’, ‘तङसिङ’ र ‘चे’ मनोनयनमा परेका छन् । अमेरिकामा हुने यस अवार्डले भाषा, कला र संस्कृतिमा आधारित सिर्जनालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने विश्वास आयोजकको छ ।