‘रोल नं १’को इमोस्नल गीत ‘मेरो लागि तिमी’ सार्वजनिक, आमा–बुबाको त्यागको कथा उजागर

0 Shares

काठमाडौं । आगामी जेठ १५ गते प्रदर्शनमा आउने फिल्म रोल नं १को नयाँ इमोस्नल गीत ‘मेरो लागि तिमी’ सार्वजनिक गरिएको छ। गीतले आमा–बुबा र सन्तानबीचको गहिरो सम्बन्ध, त्याग र संघर्षलाई भावुक ढंगले प्रस्तुत गरेको छ।

गीतमा शब्द, संगीत तथा स्वर प्रशान्त शिवाकोटीको रहेको छ। सार्वजनिक गीतले सन्तानका लागि आमा–बुबा नै भगवान् र मन्दिरसरह हुने भावलाई केन्द्रमा राखेको छ। आफ्ना सपना र भाग्यलाई समेत त्यागेर सन्तानको भविष्यका लागि संघर्ष गर्ने अभिभावकको माया र समर्पण गीतको मुख्य सन्देश बनेको छ।

गीतमार्फत फिल्मले नेपाली ग्रामीण समाजका संघर्षशील र आर्थिक रूपमा कमजोर परिवारको कथा भन्ने संकेत गरेको छ। विशेषगरी सन्तानको खुसी र उज्ज्वल भविष्यका लागि अभिभावकले भोग्ने पीडा र चुनौतीलाई गीतले संवेदनशील रूपमा चित्रण गरेको छ।

Emotional Song ‘Mero Lagi Timi’ from ‘Roll No. 1’ Released

सार्वजनिक भिडियोमा फिल्मका मुख्य कलाकारहरूलाई फिचर्ड गरिएको छ भने सिनेमाका विभिन्न दृश्य समावेश गरिएका छन्।

जोन योञ्जनको निर्देशनमा तयार भएको फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगीसिर्जना अधिकारी मुख्य भूमिकामा छन्। बाल कलाकारका रूपमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवालसिजल श्रेष्ठ देखिएका छन्।

फिल्मलाई विनोद पौडेलजान्वी पौडेलले निर्माण गरेका हुन् भने सह–निर्मातामा छत्रमाया गिरीरमेश चौलागाईं रहेका छन्। फिल्मको कथा तथा पटकथा महेश दवाडीले लेखेका हुन्।

निर्माण टिमका अनुसार फिल्मले अहिलेको शैक्षिक प्रणालीले बालमनोविज्ञानमा पार्ने असर र त्यसले विद्यार्थीको जीवनमा ल्याउने परिवर्तनको कथा प्रस्तुत गर्नेछ।

फिल्मको डीओपी शिवराम श्रेष्ठ हुन्। संगीत प्रशान्त शिवाकोटी, बीजीएम रोहित शाक्य, सम्पादन मदन घिमिरेको रहेको छ।

निर्माता पौडेलका अनुसार रोल नं १ नेपालसँगै विदेशमा पनि एकसाथ प्रदर्शन हुनेछ। फिल्मलाई रिच इन्टरटेन्मेन्टजे एम सिनेमाले वितरण गर्दैछन्।

सम्बन्धित समाचार

सबै