‘बेहुली’को छायाङ्कन ४५ दिनमा सम्पन्न, भदौ १२ मा प्रदर्शन तय

0 Shares

काठमाडौं । बहुप्रतीक्षित नेपाली फिल्म बेहुली को सम्पूर्ण छायाङ्कन ४५ दिनमा सम्पन्न भएको छ। निर्माण टिमका अनुसार दुईवटा गीतको छायाङ्कन भने बाँकी रहेको छ। फिल्म भदौ १२ गते दर्शकमाझ रिलिज हुने भएको छ।

पारस बम ठकुरी (कुलब्वाय), दिव्या रायमाझीशुशान्त कार्की मुख्य भूमिकामा रहेको फिल्मलाई ‘द डिभाइन म्युजिक’ र ‘सम्मान इन्टरटेन्मेन्ट’ले निर्माण गरेका हुन्।

फिल्मको रिलिज नजिकिँदै गर्दा कुलब्वाय र दिव्याको जोडीप्रति दर्शकमाझ विशेष चासो देखिएको छ। ‘होस्टेल ३’ मार्फत परिचित कुलब्वाय यसपटक प्रेमकथामा देखिँदैछन्, जसले फिल्मप्रति उत्सुकता थपेको छ।

सङ्गीतकार अर्जुन पोखरेल पहिलो पटक निर्माताको भूमिकामा देखिएका छन्। फिल्मको निर्देशन सशान कँडेल ले गरेका हुन् भने कथा माधव शर्मा ले लेखेका हुन्।

फिल्ममा सन्तोष बानिया, सरिता गिरी, विशाल पहारी, कर्मा लामा लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ।

कार्यकारी निर्मातामा सुमन थिङ तामाङ, सह–निर्मातामा दुर्गा खरेलरमेश सिलवाल रहेका छन्।

छायाङ्कन निर्देशक (डीओपी) नरेन्द्र मैनाली हुन् भने सम्पादन विकास दाहाल ले गर्नेछन्। द्वन्द्व निर्देशन रोशन श्रेष्ठ ले सम्हालेका छन्।

फिल्मको नेपाल उपत्यकाभित्र वितरण काफिया फिल्म्स र उपत्यकाबाहिर श्री व्यंकटेश इन्टरटेन्मेन्ट ले गर्नेछन्। डिजिटल अधिकार ओएसआर डिजिटल ले लिएको छ।

सम्बन्धित समाचार

सबै