यतिबेला सामाजिक संजाल प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभा वैठकमा भारतले नेपालको मात्र होइन नेपालले समेत भारतको सीमा बेचेको रहेछ भनेर दिएको अभिव्यक्तिले तातिरहेको छ ।
संजालमा उनको व्यावपक विरोध भइरहेको छ । कतिले सिधै प्रम बालेनमाथि निशाना लगाएका छन् भने कतिले बालेन र उनको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीका प्रशंको गालीबाट बच्न घुमाउरो किसिमले प्रमको अभिव्यक्तिमाथि असन्तुिष्टि र विरोध जनाइरहेका छन्।
यसरी घुमाउरो अभिव्यक्ति दिनेमा नेपाली सिनेमाका चर्चित अनुहार दिपकराज गिरीसमेत देकिएका छन्।
उनले सामाजिक संजाल फेसबुकमा एउटा गीतको साहारा लिदैं बालेनको अभिव्यक्तिमाथि टिप्पणी गरेका छन् ।
उनले स्वप्न सुमनको गीतको उदाहरणबाट बालेनको भनाइमाथि कटाक्ष व्यक्त गरेका छन् ।
उनले लेखेका छन् , ‘बोल्न लाइ बोल्न त पाइन्छ बोल्ने पनि तरिका चाहिन्छ ! स्वप्न सुमनको यो गीत यूटुबमा ४ करोड ७६ लाख पल्ट हेरिएको रहेछ !’
उनको पोस्टमा कमेन्ट गर्नेहरुले उनको स्टाटसले भन्न खोजेको कुरा आफूहरुले बुझेको प्रतिक्रिया दिइरहेका छन् ।
त्यसो त जेन्जी आन्दोलनका क्रममा उनीसमेत देश जलाउने कृत्यमा उक्साउनमा सक्रिय रहेको भनेर आलोचनाको सिकार भएका थिए।
