हङकङमा ‘जोर ढुंगा’को ग्राण्ड प्रिमियर, फर्स्टलुक पोस्टर सार्वजनिक

0 Shares

काठमाडौं । युगल पोमोको लेखन तथा निर्देशनमा निर्माण भएको नेपाली कथानक फिल्म ‘जोर ढुंगा’ हङकङमा प्रदर्शन हुने भएको छ। फिल्मको ग्राण्ड प्रिमियरअघि गत मे ३० मा आयोजित एक कार्यक्रममा यसको फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको थियो।

कार्यक्रममा फिल्म आगामी अगस्ट ३०, २०२६ (आइतबार) हङकङको हुङहम वाम्पोस्थित सनबिम सिनेमा हलमा ग्राण्ड प्रिमियर गरिने जानकारी दिइएको थियो।

ताप्लेजुङको निगुरादेन आसपासका रमणीय स्थानहरूमा छायांकन गरिएको ‘जोर ढुंगा’ लिम्बु समुदायको पृष्ठभूमिमा निर्माण गरिएको फिल्म हो। फिल्ममा अंग्रेजी सबटाइटलसहित स्थानीय भाषाका संवाद समावेश गरिएको छ।

‘Jor Dhunga’ Set for Grand Premiere in Hong Kong, First-Look Poster Unveiled

वाई के फिल्म्सको ब्यानरमा निर्माण भएको यस फिल्ममा जेनेक्स मिडिया र शाहसी डिजिटलको सहकार्य रहेको छ। हङकङ निवासी रमेश लिम्बु, रोमन लावती र योगेश लामा निर्माता रहेका छन् भने अमेरिकामा बसोबास गर्दै आएका ह्यारी योञ्जन कार्यकारी निर्माता हुन्।

फिल्ममा प्रतीक थेबे लिम्बु, मौसम इम्बुङ (फुलेन्देको बाउ), पुष्पाञ्जली तिल्लिङ, योगेश लामा, हार्दिक पौडेल, सिद्धार्थ लिम्बु, विष्णु राई तथा मदनकुमारी पोमु लिम्बूको मुख्य भूमिका रहेको छ।

सुरेन्द्र रानाको गीत तथा संवाद लेखन रहेको फिल्मका निर्माण नियन्त्रक अनिल थोप्रा हुन्। अनिल कुमार महर्जनले सम्पादन गरेको फिल्मको छायांकन मोहनकुमार झिल्लुले गरेका छन्।

फिल्ममा दिनेश माङमुको प्रोडक्सन डिजाइन, निश्चल कुलुङको कला निर्देशन, राजेन्द्र मोक्तानको कलर ग्रेडिङ, जानु आलेको मेकअप तथा महेश्वर सम्बाहाङ्फेको मुख्य सहायक निर्देशन रहेको छ।

सम्बन्धित समाचार

सबै