फागुन २ मा आउने भयो सलोनको ‘रंगी’

0 Shares

सान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको फिल्म ‘रंगी’ फागुन २ गते प्रदर्शन हुने भएको छ।

सलोन बस्नेत प्रस्तुतकर्ता रहेको यस फिल्मको रिलिज मितिसहितको पोस्टर र मोसन पोस्टर बुधबार निर्माण टिमले सार्वजनिक गरेको हो।

पोस्टरमा अभिनेता सलोन बस्नेत र बाल कलाकार आयुषी ढकाललाई गम्भीर भावमा देखाइएको छ। ग्रामीण बजारलाई पृष्ठभूमिमा राखेर तयार पारिएको पोस्टरले उनीहरूलाई गम्भीर बनाउने कारणबारे उत्सुकता पैदा गरेको छ। दर्शकले यसको रहस्य फिल्म हेरेर मात्र बुझ्न सक्नेछन्।

मोसन पोस्टरमा सलोन र आयुषीसँगै ‘डेब्यू’ अभिनेत्री नम्रता श्रेष्ठलाई पनि प्रस्तुत गरिएको छ। नम्रता ‘मिस वर्ल्ड नेपाल २०२०’ की विजेता हुन्।

सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहेको यस फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारीको अभिनय छ। प्रस्तुतकर्ता सलोनका अनुसार फिल्मले बाबु-छोरीको सम्बन्धको कथा देखाउनेछ।

फिल्म ‘रंगी’ सलोनको पहिलो निर्माण हो। बाल कलाकारका रूपमा फिल्म ‘नेपाली बाबु’ बाट करियर सुरु गरेका सलोनले ‘होस्टल’ बाट नायकको रूपमा काम गर्न थालेका हुन्।फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत रहेको छ। गीतहरूमा आनन्द कार्की, समीक्षा अधिकारी, सुजता केसी लगायतका गायकहरूले स्वर दिएका छन्।

फिल्मको सम्पादन बन्दे प्रसादले गरेका छन् भने कलरिङ राजेन्द्र मोक्तानले गरेका छन्। कोरियोग्राफी कविराज गहतराज र शिशिर खातीले सम्हालेका छन्।

फिल्मलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्ट ले वितरण गर्दैछन्।

निर्देशक सुरेश न्यौपानेले यसअघि ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, र ‘कृ’ जस्ता चर्चित फिल्महरूमा मुख्य सहायक निर्देशनको भूमिका निभाइसकेका छन्।

‘रंगी’ को प्रदर्शनले नेपाली फिल्म उद्योगमा नयाँ शैली र कथावस्तु प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

सबै