‘कंगाल करोडपति’ बन्दै मुकुन भुषाल, किन खेल्दैछन् यो फिल्म ?

0 Shares

अभिनेता मुकुन भुषाल नयाँ फिल्म ‘कंगाल करोडपति’ मा मुख्य भूमिकाका लागि अनुबन्धित भएका छन्। निर्देशक राजु श्रेष्ठको निर्देशन रहने यस फिल्मको प्रस्तुति प्रविन आचार्यले गर्दैछन्।

फिल्ममा आबद्ध भएपछि मुकुनले पटकथा र आफ्नो पात्रले आफूलाई विशेष रूपमा आकर्षित गरेकाले परियोजनामा जोडिने निर्णय गरेको बताए।

‘धेरै स्क्रिप्ट आइरहेका बेला यस फिल्मको कथावाचन शैली र मलाई प्रस्ताव गरिएको पात्र निकै रोचक लाग्यो। त्यसैले यो फिल्म रोजें,’ उनले भने।

मुकुन अभिनित फिल्म ‘रोल नम्बर १’ अहिले देशभरका नेपाली सिनेमाघरमा प्रदर्शन भइरहेको छ।

सिनेमा पाठशाला प्रालिको ब्यानरमा निर्माण हुन लागेको यस फिल्मका निर्माता अनिलकुमार बुढाथोकी हुन्। सहनिर्मातामा छिरिङ तामाङ रहेका छन् भने रीता श्रेष्ठ तामाङ र सुरज कुमार लाइन प्रोड्युसरका रूपमा आबद्ध छन्।

फिल्मको कथा सुमन गजमेरले लेखेका हुन्। निर्माण टिमले हाल कलाकार छनोटलाई तीव्रता दिएको जनाएको छ। पूर्ण कलाकार तथा प्राविधिक टोलीबारे विस्तृत जानकारी भने केही समयपछि सार्वजनिक गरिने बताइएको छ।

निर्देशक राजु श्रेष्ठका अनुसार कलाकार छनोट प्रक्रिया सम्पन्न भएपछि कार्यशाला सञ्चालन गर्दै फिल्मको छायांकन सुरु गरिनेछ।

सम्बन्धित समाचार

सबै