‘महाराजधिराज’मा पूजना प्रधानको प्रवेश, छायांकनकै बीचमा अनुबन्ध

0 Shares

काठमाडौं। अभिनेत्री पूजना प्रधान फिल्म **‘महाराजधिराज’**मा अनुबन्धित भएकी छन्। छायांकनको मध्य चरणमा निर्माण टिमले उनलाई फिल्ममा अनुबन्ध गरेको हो।

सोमबार ३३औँ दिनको छायांकन चलिरहेका बेला निर्माण पक्षले पूजनाको औपचारिक रूपमा स्वागत गरेको हो। फिल्मका प्रस्तुतकर्ता विराज विष्टले सक्षम कलाकारको खोजीमा रहेको टिमले पूजनालाई अनुबन्ध गरेको बताए।

“हामी एक अब्बल कलाकारको खोजीमा थियौं। त्यसैले पूजनालाई अनुबन्ध गरेका हौं। उहाँको आगमनले हाम्रो टिम थप सशक्त बनेको छ,” उनले भने।

हाल फिल्मको छायांकन काठमाडौंका विभिन्न स्थानमा भइरहेको छ। सुनसरीको श्रीलंका टापुबाट सुरु भएको छायांकन भक्तपुर हुँदै अहिले काठमाडौंमा जारी छ। फिल्मको कुल छायांकन तालिका ७० दिनको रहेको छ।

परिच्छेद सेनको निर्देशनमा निर्माण भइरहेको फिल्मलाई नवराज थापाले छायांकन गरिरहेका छन्। निर्देशक सेनका अनुसार ‘महाराजधिराज’ सामाजिक पिरियड ड्रामा हो।

फिल्ममा आर्यन सिग्देल, रमेश उप्रेती, पुष्प खड्का, पूजा शर्मा, केकी अधिकारी, उषा रजक, गजित विष्ट, जयकिशन बस्नेत, मोहन निरौला, दिनेश डि.सी.सुशील सिटौलाको अभिनय रहनेछ।

यस्तै हिउँवाला गौतम, प्रिया रिजाल, नीर शाह, विशाल पहाडी, आशा पौडेल, पुष्कर कार्की, मोनिका बुढाथोकी, कविता पुरी, सृष्टि खड्का, कुलदीप अधिकारीकमल देवकोटा पनि फिल्ममा देखिनेछन्।

करिब ८० कलाकारको अभिनय रहने फिल्ममा कमल गाउले, शिशिर भण्डारी, शिबु पाण्डे, हेमन्त बुढाथोकी, प्रलिन्शा कोइराला, अञ्जु रसाइली, सनम श्रेष्ठ, सुजेन थापा, आयुष्मा गिरी, रामहरि खड्का, सुवर्ण दुलाल, अनिता गिरी, पारस बस्ताकोटी, कुलबहादुर ओली, सपना घिसिङपूजा बुढाको पनि अभिनय रहनेछ।

छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण भइरहेको फिल्मको कथा तथा पटकथा निर्देशक परिच्छेद सेनले नै लेखेका हुन्। फिल्मका निर्माता रवि खड्काटोपेन्द्र विष्ट हुन्।

सम्बन्धित समाचार

सबै