‘गौँथली’मा पहिलोपटक अनस्क्रिन जोडी बने अरुण क्षेत्री र सिम्रन खड्का

0 Shares

काठमाडौं । निर्देशक डा. कपिल रिजालको निर्देशनमा बनेको फिल्म ‘गौँथली’ आगामी साउन १ गतेदेखि प्रदर्शनमा आउने भएको छ। फिल्ममार्फत अभिनेता अरुण क्षेत्री र अभिनेत्री सिम्रन खड्का पहिलोपटक अनस्क्रिन जोडीका रूपमा दर्शकमाझ आउँदैछन्।

फिल्ममा अरुण र सिम्रनले श्रीमान्–श्रीमतीको भूमिका निर्वाह गरेका छन्। ‘महापुरुष’लगायतका फिल्मबाट दर्शकको मन जितेका अरुण र ‘प्रेमगञ्ज’, ‘चित्रा’ तथा ‘बेहुली फ्रम मेघौली’मार्फत अभिनय क्षमता प्रमाणित गरिसकेकी सिम्रनको जोडीलाई लिएर दर्शकमाझ उत्सुकता बढेको छ।

केही दिनअघि सार्वजनिक भएको फिल्मको भावुक गीत ‘आँखाभरि आँसु’ ले सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ। थानेश्वर गौतमशान्तिश्री परियारको स्वर रहेको गीतमा संगीत थानेश्वर स्वयंको छ भने शब्द डा. भोला रिजालले लेखेका हुन्।

गीत सार्वजनिक कार्यक्रम पनि विशेष शैलीमा आयोजना गरिएको थियो। कार्यक्रममा अरुण र सिम्रन बेहुला–बेहुलीको वेशभूषामा उपस्थित भएका थिए, जसले निम्तालु र सञ्चारकर्मीलाई सुखद् आश्चर्यमा पारेको थियो।

यसअघि सार्वजनिक भएको टिजरले पनि सकारात्मक प्रतिक्रिया पाएको निर्माण पक्षले जनाएको छ। निर्देशक कपिल रिजालका अनुसार दर्शकले फिल्मको विषयवस्तु, प्रस्तुति र कलाकारहरूको अभिनयको प्रशंसा गरेका छन्।

“हाम्रो गीत र टिजरलाई दर्शकले निकै मन पराइदिनुभएको छ। विषयवस्तु, अभिनय र शारीरिक समस्याले व्यक्तिको जीवनमा पार्ने प्रभावलाई सकारात्मक रूपमा ग्रहण गर्नुभएको छ,” निर्देशक रिजालले भने।

निर्माण पक्षका अनुसार **‘गौँथली’**ले घर, परिवार र आपसी सामीप्यताको प्रतीकात्मक कथा प्रस्तुत गर्छ।

फिल्ममा अरुण क्षेत्री र सिम्रन खड्कासँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनाराजेन्द्र नेपालीको अभिनय रहेको छ। बाल कलाकारका रूपमा अंशु ओलीप्रिन्स नेपाली पनि देखिनेछन्।

डा. भोला रिजालको कथामा आधारित फिल्मको पटकथा तथा संवाद निर्देशक डा. कपिल रिजाल, निश्चल कुँवर, निरज नेपालगिरिराज घिमिरेले संयुक्त रूपमा लेखेका हुन्।

भोला रिजाल प्रोडक्सनसुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्मकी कार्यकारी निर्माता सरला रिजाल हुन्। निर्माता सुमन गिरीडा. कपिल रिजाल रहेका छन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजालजीवन ओली सह–निर्माताका रूपमा आबद्ध छन्।

फिल्ममा शम्भुजीत बासकोटा, थानेश्वर गौतमप्रशान्त सिवाकोटीको संगीत, एलिस कार्कीको पाश्र्व संगीत, हरि हुमागाईंको छायांकन तथा मिलन श्रेष्ठको सम्पादन रहेको छ।

गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको फिल्ममा आर्यन अधिकारीबुद्धि नेपाली सहायक निर्देशक, मुकेश शाह ध्वनि मिश्रण, राजेन्द्र मोक्तान रङ संयोजन तथा रामजी लामिछानेमौसम हिमालीको कोरियोग्राफी रहेको छ।

फिल्मलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्टएफ.डी. कम्पनीले वितरण गर्नेछन् भने डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।

उल्लेखनीय रूपमा, डा. भोला रिजालले दुई दशकअघि यही नाममा निर्माण गरेको **‘गौँथली’**लाई नेपालको पहिलो ‘गीति फिल्म’ (म्युजिकल फिल्म) मानिन्छ। ५१ दिन प्रदर्शन भएको उक्त फिल्मपछि अब सोही नाममा उनका छोरा डा. कपिल रिजालले नयाँ पुस्ताका लागि ‘गौँथली’ प्रस्तुत गरेका हुन्।

सम्बन्धित समाचार

सबै