एक्सन र प्रेमको रोचक भिडन्त बोकेको ‘हन्टर’ असोज ९ मा प्रदर्शन हुने

0 Shares

काठमाडौं । जीवन सिंहको लेखन तथा निर्देशनमा बनेको फिल्म **‘हन्टर’**को प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माण टिमले प्रभावशाली ‘फेस-अफ’ पोस्टर सार्वजनिक गर्दै फिल्म आगामी **असोज ९ गते (सेप्टेम्बर २५)**देखि देशभरका सिनेमाघरमा प्रदर्शन हुने जानकारी दिएको हो।

यस फिल्मबाट जीवन सिंहले निर्देशकका रूपमा डेब्यु गर्दैछन्।

प्रदर्शन मितिसँगै सार्वजनिक गरिएको पोस्टरले फिल्मको कथावस्तुबारे रोचक संकेत दिएको छ। ट्राइडेन्ट कन्सेप्टले डिजाइन गरेको पोस्टरमा मुख्य कलाकार अरुण क्षेत्रीप्रकाश शाह आमनेसामने देखिएका छन्।

प्रकाश शाहको आँखामा झल्किएको आक्रोश र अरुण क्षेत्रीको अनुहारमा देखिएको प्रतिशोधको भावले उनीहरूबीचको तीव्र द्वन्द्वलाई संकेत गर्छ। पोस्टरले यो सामान्य भिडन्त नभई ‘हन्टर’ र ‘सिकार’बीचको घातक संघर्ष भएको स्पष्ट पार्छ।

पोस्टरको तल्लो भागमा भने फरक दृश्य प्रस्तुत गरिएको छ, जहाँ अरुण क्षेत्रीसुप्रज्ञा शर्मा रोमान्टिक मुद्रामा देखिएका छन्। यसले फिल्ममा दमदार एक्सनसँगै गहिरो प्रेमकथा पनि रहेको संकेत गर्छ। सम्भवतः यही प्रेम नै कथाको मुख्य द्वन्द्वको कारण बन्नेछ।

निर्देशक तथा लेखक जीवन सिंहका अनुसार **‘हन्टर’**को कथा काल्पनिक नभई समाजका वास्तविक पात्र र घटनाबाट प्रेरित भएर तयार गरिएको हो।

फिल्ममा ट्राइडेन्ट कन्सेप्टको सहकार्य रहेको छ। ममता सिंह, गोविन्द राजराज ए. भट्ट निर्माता रहेका छन् भने मनिष चन्द, युना शाहीसन्तोष आस्ना पाल सह-निर्माता हुन्। रोयल भीमसेन (भीमसेन शाही) कार्यकारी निर्माता रहेका छन्।

अरुण क्षेत्री, प्रकाश शाह र सुप्रज्ञा शर्मासँगै फिल्ममा गरिमा शर्मा, सरोज खनाल, रमेश बुढाथोकी, रुजा राउत, रोशनी दाहाल, गीता अधिकारी, सुरज भण्डारी, टेकराज शर्माललालबहादुर थापाको अभिनय रहेको छ।

फिल्मको सम्पादन निर्देशक जीवन सिंह स्वयंले गरेका हुन्। कृष्ण थापा डीओपी, शुक्रराज शाह द्वन्द्व निर्देशक, विक्रम स्वाँरसञ्जय खिमजिम कोरियोग्राफर तथा बाबुल गिरी, चक्र बममहेश ताम्राकार संगीतकार रहेका छन्।

दसैँको पूर्वसन्ध्यामा प्रदर्शन हुन लागेको फिल्मले एक्सन, प्रेम, भावना र ड्रामाको सशक्त मिश्रण प्रस्तुत गर्ने निर्माण पक्षको विश्वास छ।

फिल्मको देशव्यापी वितरण रोहित कट्टेलरत्न श्रेष्ठको आरआर फिल्म्सले गर्नेछ।

सम्बन्धित समाचार

सबै