‘पार्वती’को पहिलो रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनिक

0 Shares

काठमाडौं । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउने फिल्म **‘पार्वती’**को पहिलो रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनिक गरिएको छ। निर्माण टिमले शुक्रबार ओएसआरको आधिकारिक युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेको हो।

सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकार नीता ढुङ्गाना, दीपाश्री निरौला, अञ्जली अधिकारी, सिरु विष्ट, बसुन्धरा भुसाल, आशा पौडेल, अशोक दर्जीक्रिमसन श्रेष्ठको आकर्षक नृत्य देख्न सकिन्छ। विवाहका अवसरमा महिलाहरूले खेल्ने परम्परागत रत्यौलीलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको भिडियोमा दीपाश्री निरौला पुरुषको भेषमा र नीता ढुङ्गाना महिलाकै पहिरनमा देखिएकी छन्। उनीहरूबीचको रमाइलो प्रस्तुति गीतको मुख्य आकर्षण बनेको छ।

गीतमा रचना रिमाल, सरु गौतमसहिमा श्रेष्ठको स्वर रहेको छ भने शब्द हर्क साउदले लेखेका हुन्। चर्चित संगीतकार दीपक शर्माको संगीत रहेको गीतको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ नरेन्द्र वियोगीले गरेका छन्। गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन्।

अभिनेत्री नीता ढुङ्गानाको कथा तथा निर्देशनमा बनेको फिल्ममा उनी स्वयं मुख्य भूमिकामा छिन्। फिल्ममा दीपाश्री निरौला, अशोक दर्जी, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपालीआशा पौडेललगायत कलाकारको पनि अभिनय रहेको छ।

फिल्मको कथा र पटकथा नीता ढुङ्गानाकै रहेको छ भने स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन्। सुदीप बराल डीओपी रहेको फिल्ममा नृत्य निर्देशन रामजी लामिछानेले गरेका छन्।

फिल्मका शंकर पाण्डे प्रोडक्सन म्यानेजर तथा कार्यकारी निर्माता हुन् भने हरिहर अधिकारी निर्माता रहेका छन्। फिल्मको सम्पादन तथा टिजर–ट्रेलर साहिल खानले तयार गरेका छन्। रोयल भीमसेनले पोस्टर डिजाइन गरेका हुन्।

फिल्मको वितरण एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्टरिच इन्टरटेनमेन्टले गर्नेछन् भने डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ।

सम्बन्धित समाचार

सबै