महाशिवरात्रिको अवसरमा विजय-पूजाको ‘रत्यौली’ रिलिज हुने

0 Shares

काठमाडौं: अभिनेता विजय बराल र अभिनेत्री पूजा शर्मा अभिनीत आगामी नेपाली फिल्म ‘रत्यौली’ आगामी फागुन २१ गते विश्वव्यापी रूपमा प्रदर्शन हुने भएको छ। निर्माण टिमले बुधबार फिल्मको आधिकारिक प्रदर्शन मिति घोषणा गर्दै महाशिवरात्रि र अन्तर्राष्ट्रिय नारी दिवसको अवसरलाई लक्षित गरी रिलिज तय गरिएको जनाएको हो।

अभिनेत्री पूजा शर्माको प्रस्तुतीमा निर्माण हुन लागेको फिल्मलाई मुस्कान ढकालले निर्देशन गर्दैछन् भने निर्माता सुरज आचार्य हुन्। फिल्ममा विजय बराल र पूजा शर्मा मुख्य भूमिकामा अभिनय गर्ने निश्चित भइसकेको छ।

नाइटिङ्गेल इन्टरटेन्मेन्ट प्रालिपूजा शर्मा प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन आगामी भदौ महिनाबाट सुरु हुने निर्माण पक्षले जनाएको छ।

फिल्मको फर्स्ट लुक पोस्टर सार्वजनिक भएसँगै दर्शकमाझ चर्चा बटुलेको थियो। प्रदर्शन वितरणको जिम्मा रिच इन्टरटेनमेन्टले लिएको छ। वितरक करण श्रेष्ठका अनुसार महाशिवरात्रि र नारी दिवसको विशेष अवसरलाई ध्यानमा राख्दै फिल्मको प्रदर्शन मिति फागुन २१ तय गरिएको हो।

सामाजिक कथावस्तुमा आधारित ‘रत्यौली’ अहिले प्रि–प्रोडक्सन चरणमा रहेको छ भने निर्माण टिमले तयारीलाई तीव्र बनाएको जनाएको छ।

सम्बन्धित समाचार

सबै