‘भागदौड’को ट्रेलर सार्वजनिक

0 Shares

काठमाडौं । आगामी असार २६ गतेदेखि प्रदर्शनमा आउने नेपाली फिल्म **‘भागदौड’**को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण टिमले आइतबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत दुई मिनेट लामो ट्रेलर सार्वजनिक गरेको हो।

सार्वजनिक ट्रेलरले मानिसको दैनिक जीवनको निरन्तर दौडधुप, संघर्ष र यथार्थलाई केन्द्रमा राख्दै आधुनिक समाजमा बढ्दो लोभ, लालच, जालझेल र ठगीबाट उत्पन्न हुने नैतिक संकटलाई चित्रण गरेको छ।

ट्रेलरमा अभिनेता विशाल पोखरेल नेपाल प्रहरीको भूमिकामा देखिएका छन्। प्रहरीको बर्दीमा उनको फरक अवतारले दर्शकको ध्यान तानेको छ। विशालले आफ्नो पात्रले दर्शकलाई सरप्राइज दिने दाबी गरेका छन्।

फिल्ममा विशाल पोखरेलसँगै अनीशा श्रेष्ठ, घनश्याम जोशी, सारा राई, शेखर चापागाईं, देशभक्त खनाल, लक्ष्मी गिरी, शंकर महर्जन र सुभाष तिमिल्सिनालगायत कलाकारहरूको अभिनय रहेको छ।

हिमाल उप्रेतीको लेखन तथा निर्देशनमा बनेको फिल्मका प्रस्तुतकर्ता विश्वराम विष्ट हुन्। उनका अनुसार ‘भागदौड’ उत्कृष्ट बनेको छ र सेन्सर बोर्डबाट प्राप्त सकारात्मक प्रतिक्रियाले निर्माण टिम थप उत्साहित बनेको छ।

सुप्रिम म्युजिक एण्ड फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्मकी कार्यकारी निर्माता अंगिरा थापा हुन्। सह–निर्मातामा भूपेन्द्रकुमार खड्का, सागर पुरी र सुरेश गिरी रहेका छन्।

फिल्ममा दीपक बज्राचार्यको छायांकन, प्रवीन ढकालको सम्पादन तथा वसन्त सापकोटा र प्रकाश नेपालीको संगीत रहेको छ। ‘भागदौड’ आगामी असार २६ गते शुक्रबारदेखि देशभर प्रदर्शनमा आउनेछ।

सम्बन्धित समाचार

सबै