मुकुन–सलिनापछि ‘कंगाल करोडपति’मा रेयर राईको प्रवेश

0 Shares

काठमाडौं — अभिनेता रेयर राई आगामी नेपाली फिल्म **‘कंगाल करोडपति’**मा अनुबन्धित भएका छन्। निर्माणपक्षले उनलाई यसै महिना फिल्मका लागि अनुबन्ध गरेको जनाएको छ।

यसअघि फिल्मका मुख्य भूमिकाका लागि अभिनेता मुकुन भुषाल र अभिनेत्री सलिना तामाङ अनुबन्धित भइसकेका छन्। रेयरको प्रवेशसँगै फिल्मको कलाकार टोली थप बलियो बनेको निर्माणपक्षको विश्वास छ।

राजु श्रेष्ठको निर्देशनमा बन्ने ‘कंगाल करोडपति’ सिनेमा पाठशाला प्रालिको ब्यानरमा निर्माण हुँदैछ। फिल्मका प्रस्तुतकर्ता प्रविन आचार्य हुन् भने निर्माता अनिलकुमार बुढाथोकी रहेका छन्।

फिल्ममा छिरिङ तामाङ, प्रबिन राई र प्रवेश सापकोटा सह-निर्माताका रूपमा आबद्ध छन्। रीता श्रेष्ठ तामाङ र सुरज कुमार लाइन प्रोड्युसरको जिम्मेवारीमा छन्।

फिल्मको कथा सुमन गजमेरले लेखेका हुन्। निर्माणपक्षका अनुसार हाल छायांकनका लागि विभिन्न स्थानको लोकेशन रेकी भइरहेको छ। साथै, केही कलाकार छायांकन हुने क्षेत्रबाटै चयन गरिने तयारी गरिएको छ।

फिल्मका अन्य कलाकार, छायांकन तालिका तथा निर्माणसम्बन्धी थप विवरण केही दिनभित्र सार्वजनिक गरिने निर्माण टोलीले जनाएको छ।

सम्बन्धित समाचार

सबै