ईन्फा अवार्ड–२०२६ का उत्कृष्ट पाँच मनोनयन सार्वजनिक, मदनकृष्ण श्रेष्ठलाई लाइफटाइम एचिभमेन्ट अवार्ड

0 Shares

काठमाडौं। तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (ईन्फा)–२०२६ का विभिन्न २० प्रतिस्पर्धात्मक विधाका उत्कृष्ट पाँच (टप–५) मनोनयन सार्वजनिक गरिएको छ। इनफा इभेन्ट्स यूके र इन्फा नेपालको संयुक्त आयोजनामा शुक्रबार काठमाडौंस्थित होटल याक एण्ड यतीमा आयोजित कार्यक्रममा मनोनयन घोषणा गर्दै मनोनयनमा परेका कलाकार तथा फिल्मकर्मीलाई प्रमाणपत्र प्रदान गरिएको हो।

आयोजकका अनुसार २०८२ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म प्रदर्शनमा आएका ४० भन्दा बढी नेपाली फिल्ममध्ये अनुभवी तथा स्वतन्त्र निर्णायक मण्डलको मूल्याङ्कनका आधारमा उत्कृष्ट पाँच मनोनयन छनोट गरिएको हो। निर्णायक मण्डलमा वरिष्ठ अभिनेता हरिहर शर्मा, वरिष्ठ अभिनेत्री गौरी मल्ल, वरिष्ठ निर्देशक तथा कलाकार रमेश बुढाथोकी र वरिष्ठ सम्पादक एवं गीतकार करुण थापा रहेका थिए।

कार्यक्रममा मनोनयन घोषणा गर्नुअघि मनोनयनमा परेका फिल्म र फिल्मकर्मीको परिचय समेटिएको श्रव्य–दृश्य प्रस्तुति देखाइएको थियो। त्यसपछि प्रत्येक विधाका उत्कृष्ट पाँचमा पर्न सफल कलाकार, निर्देशक, निर्माता, लेखक तथा प्राविधिकलाई मञ्चमा सम्मानसहित मनोनयन प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा नेपाली फिल्म क्षेत्रका कलाकार, निर्माता, निर्देशक, लेखक, प्राविधिक, सञ्चारकर्मी तथा विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। साथै बेलायतस्थित ईन्फा परिवारका पदाधिकारीहरूको शुभकामना भिडियो सन्देश पनि प्रदर्शन गरिएको थियो।

निर्णायक मण्डलका सदस्य हरिहर शर्मा र गौरी मल्लले ईन्फा अवार्ड निष्पक्ष, पारदर्शी र विश्वसनीय हुने उल्लेख गर्दै नतिजा निर्धारणमा आयोजकको कुनै हस्तक्षेप नरहने स्पष्ट पारे। उनीहरूले सम्पूर्ण मूल्याङ्कन निर्णायक मण्डलको अंकका आधारमा गरिएको बताउँदै स्वस्थ प्रतिस्पर्धाले नेपाली फिल्म उद्योगलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरे।

अवार्डका चिफ कोअर्डिनेटर तथा निर्देशक मनिष कार्कीले यसअघि बेलायतमा सफलतापूर्वक सम्पन्न भएका दुई संस्करणको अनुभवलाई आधार बनाएर यस वर्ष पहिलो पटक नेपालमै ईन्फा अवार्डलाई अन्तर्राष्ट्रिय स्तरमा आयोजना गरिने जानकारी दिए। उनका अनुसार नेपाली फिल्मलाई विश्व बजारमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ ईन्फाले आफ्नो अभियानलाई थप प्रभावकारी बनाउनेछ।

यसै अवसरमा नेपाली फिल्म क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदानको सम्मानस्वरूप वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई एक लाख ११ हजार १११ रुपैयाँ राशिको ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिने घोषणा गरिएको छ। उक्त पुरस्कार एचटीआर केयर एण्ड रिक्रुटमेन्टको प्रायोजनमा प्रदान गरिनेछ।

ईन्फा अवार्डका पहिलो र दोस्रो संस्करण क्रमशः सन् २०२४ र २०२५ मा बेलायतको लण्डनमा सम्पन्न भएका थिए। तेस्रो संस्करण भने पहिलो पटक नेपालमा आयोजना हुन लागेको हो। अवार्ड समारोह आगामी श्रावण ३० गते काठमाडौंस्थित होटल याक एण्ड यतीमा हुनेछ, जसको प्रत्यक्ष प्रसारण प्राइम टेलिभिजनबाट गरिने आयोजकले जनाएको छ।

कार्यक्रममा २० प्रतिस्पर्धात्मक विधाका उत्कृष्ट पाँच मनोनयन पनि सार्वजनिक गरिएको छ, जसमा उत्कृष्ट फिल्म, निर्देशक, अभिनेता, अभिनेत्री, पटकथा, सम्पादन, संगीत, गायन, छायाङ्कन, नृत्य निर्देशनलगायतका विधा समावेश छन्।

तेस्रो ईन्फा अवार्ड २०२६ को उत्कृष्ट ५ को मनोनय

१. उत्कृष्ट चलचित्र

आ बाट आमा – चन्द्र पन्त

ऊनको स्विटर – आर्टमाण्डु नेपाल

कोशेढुंगा – पदम बहादुर श्रेष्ठ

जेरीः अन टप – सरोज न्यौपाने

परान – रञ्जित आचार्य–शेखर गोल्छा

 

२. उत्कृष्ट निर्देशक

दीपकप्रसाद आचार्य – परान

नविन चौहान – ऊनको स्विटर

सरोज पौडेल – कोशेढुंगा

सुदिप्ता – रमिताको पिरती

सुयोग गुरुङ – जेरीः अन टप

 

३. उत्कृष्ट अभिनेता

अनमोल केसी – जेरीः अन टप

नाजिर हुसेन – गुन्यु चोलो

नीर शाह – परान

पल शाह – आ बाट आमा

विपिन कार्की – ऊनको स्विटर

 

४. उत्कृष्ट अभिनेत्री

आना शर्मा – रमिताको पिरती

जसिता गुरुङ – जेरीः अन टप

मिरुना मगर – ऊनको स्विटर

रिश्मा गुरुङ – रिमै

सुरक्षा पन्त – कोशेढुंगा

 

५. चरित्र अभिनेत्री

कविता आले–जनै हराएको मान्छे

लक्ष्मी गिरी – श्री बुकुरो

विपना थापा – आ बाट आमा

रमा थपलिया – जन्ते बाख्रो

ऋचा शर्मा – बलिदान

 

६. चरित्र अभिनेता

लोकेन्द्र लेखक – जन्ते बाख्रो

माओत्से गुरुङ – रिमै

माओत्से गुरुङ – ऊनको स्विटर

वुद्दि तामाङ – माइतीघर

सन्तोष पन्त – हर्ष

 

७. उत्कृष्ट द्वन्द्व निर्देशक

राजु तामाङ – नरसिंहा अवतार

सम्राट बस्नेत–राजु तामाङ –जेरीःअनटप

श्री श्रेष्ठ – परिवर्तन

श्री श्रेष्ठ – राम नाम सत्य

श्री श्रेष्ठ र स्टनर शाम – बलिदान

८. उत्कृष्ट खलपात्र

अर्जुन जंग शाही – मोहर

दिव्यदेव पन्त – हरि बहादुरको जुत्ता

प्रवीण खतिवडा – कोशेढुंगा

हेमन्त बुढाथोकी – बलिदान

श्रृष्टि श्रेष्ठ – द ब्लूलाइट

९. उत्कृष्ट छायांकार

चिन्तन राज भण्डारी – ऊनको स्विटर

दुलिप रेग्मी – जेरीः अन टप

नरेन्द्र मैनाली – द ब्लूलाइट

सुजन प्रजापति – माइतीघर

शैलेन्द्र डी कार्की – रिमै

१०. उत्कृष्ट सह–अभिनेता

आर्यन सिग्देल – कोशेढुंगा

प्रकाश दाहाल – अभिमन्यू

प्रकाश सपुत – माइतीघर

विनय श्रेष्ठ – रमिताको पिरती

वुद्दि तामाङ – भाइरल गोर्खे

 

 

११. उत्कृष्ट सह–अभिनेत्री

आँचल शर्मा – जेरीः अन टप

उपासना सिंह ठकुरी – के घर के डेराः घर नम्बर २

गौमाया गुरुङ – रिमै

प्रियंका कार्की – हरि बहादुरको जुत्ता

रेणुनाथ योगी – रमिताको पिरती

 

१२. उत्कृष्ट पाश्र्व संगीत

एलिस कार्की र शैलेन्द्र – आ बाट आमा

बज्र क्रियशन – ऊनको स्विटर

मोहक श्रेष्ठ – द ब्लू लाइट

रोहित शाक्य – रिमै

रोमन बज्राचार्य र निकेश – रमिताको पिरती

 

१३. उत्कृष्ट नव–अभिनेत्री

उषा उप्रेती – आ बाट आमा

खुशी कार्की – राम नाम सत्य

विनिता कार्की – पीआर

विना राउत – मन विनाको धन

श्यामाश्री शेर्पा – माइतीघर

 

१४. उत्कृष्ट नव–अभिनेता

अशोक दर्जी – मन विनाको धन

मन्जिल कुमार – कोशेढुंगा

विमोचन दवाडी–झरीपछिको इन्द्रेणी

समीर श्रेष्ठ – रमिताको पिरती

सुरज पौडेल – पीआर

 

१५. उत्कृष्ट पाश्र्व गायिका

झुमा लिम्बु – ऊनको स्विटर (काफ्ले)

मनिषा सुनार – नरसिंहा अवतार (तिम्रो मात्र)

रचना रिमाल – राम नाम सत्य (धागोले बाटेको)

सिमरन परियार – सिटामोल (औँठी सुनैको)

सोनिया बराइली – जेरीः अन टप (कुराउनी)

 

१६. उत्कृष्ट पाश्र्व गायक

एस.डी. योगी – राम नाम सत्य (हुम्लाको लिमी)

बाबुल गिरी – सिटामोल (औँठी सुनैको)

रवि ओड – आ बाट आमा (लैजा खबर)

साइराज खती – नरसिंहा अवतार (तिम्रो हुने)

सुजन चापागाईँ – ऊनको स्विटर (फूलहरू)

 

१८. उत्कृष्ट गीतकार

गोविन्द भट्ट – सिटामोल (मुटु भित्र खिल छ)

प्रभा बर्तौला – मोहर (सपना हो कि)

बाबुल गिरी – हामी तीन भाई (मैले जति दुःख)

बुद्धि सागर – ढुंगा देउता (के घर के डेराः घर नम्बर २)

हर्क साउद – ऊनको स्विटर (फूलहरू)

 

१९. उत्कृष्ट पटकथा

ओम प्रतिक – मोहर

नविन चौहान र सुरज – ऊनको स्विटर

बुद्धि सागर – के घर के डेराः घर नम्बर २

विश्वास तिमिल्सिना – जेरीः अन टप

सुदिप्ता अधिकारी – रमिताको पिरती

 

 

२०. उत्कृष्ट सम्पादन

कृष्ण भण्डारी – ऊनको स्विटर

नहकुल खड्का – हरि बहादुरको जुत्ता

निमेष श्रेष्ठ – जेरीः अन टप

बन्दे प्रसाद – राम नाम सत्य

सुनिल सिवाकोटी – रमिताको पिरती

 

२१. उत्कृष्ट नृत्य निर्देशक

कविराज गहतराज – सिटामोल (झुम्का)

किरण थापा – जेरीः अन टप (कुराउनी)

रामजी लामिछाने–मोहर (चाहिदैन मोहर)

स्मृति तिमिल्सिना – कोशेढुंगा (नत्र भने)

सियोन श्रेष्ठ – राम नाम सत्य (हुम्लाको लिमि)

सम्बन्धित समाचार

सबै