रूपक डोटेलसँगको युगल गायनमा निर्मला(नीरु)ले ल्याइन् ‘चलन चल्ती मा

0 Shares

रूपक डोटेल र निर्मला घिमिरे (नीरु) को स्वर रहेको नयाँ नेपाली गीत ‘चलन चल्ती मा’ सार्वजनिक भएको छ। गीतको आधिकारिक म्युजिक भिडियो बिकल्पा क्रिएसनमार्फत सार्वजनिक गरिएको हो।

गीतमा मुनालशिशिर कोइरालाको शब्द रहेको छ भने दीपकराज विश्वकर्माले संगीत, संगीत संयोजन (एरेन्ज), मिक्सिङ र मास्टरिङ गरेका छन्।

गीतको म्युजिक भिडियोको कथा तथा निर्देशन पनि मुनालशिशिर कोइरालाले गरेका हुन्। भिडियोमा सुधीर श्रेष्ठ, गौरव हमाल, प्रीतिका शर्मा र चाहना प्रधानको अभिनय रहेको छ। कोरियोग्राफी सुरेन्द्र बसेलले गरेका छन् भने छायांकन सुजन श्रेष्ठको रहेको छ। भिडियो सम्पादन तथा रङ संयोजन शिलन लम्सालले गरेका छन्।

आधुनिक नेपाली संगीतको स्वाद बोकेको ‘चलन चल्ती मा’ ले रूपक डोटेल र निर्मला घिमिरे (नीरु) को सुमधुर स्वरलाई आकर्षक संगीत संयोजन र मनोरञ्जनात्मक दृश्यसँग प्रस्तुत गरेको छ।

सम्बन्धित समाचार

सबै