‘लोकल हिरो’मा अरुण क्षेत्री मुख्य अभिनेता

0 Shares

काठमाडौं । अनन्या फिल्मस् प्रालिको ब्यानरमा नयाँ फिल्म ‘लोकल हिरो’ निर्माण हुने भएको छ। फिल्ममा अभिनेता अरुण क्षेत्री मुख्य भूमिकामा रहने भएका छन्।

निर्माता सरोज न्यौपानेले क्षेत्रीलाई फिल्मको प्रमुख अभिनेताका रूपमा अनुबन्ध गरेका हुन्। दुई पक्षबीच हालै सम्झौता भएको हो।

हाल प्रदर्शनरत ब्लकबस्टर फिल्म ‘गौथली’का अभिनेता क्षेत्रीले ‘लोकल हिरो’मा शीर्ष भूमिका निर्वाह गर्नेछन्। फिल्म निर्माणमा न्यौपानेलाई भविष्य खड्काले साथ दिनेछिन्।

यसअघि सुपरहिट फिल्म ‘जेरी अन टप’ निर्माण गरेको टिमले नै ‘लोकल हिरो’ निर्माण गर्न लागेको हो। फिल्मका अन्य कलाकार तथा प्राविधिक टोलीको भने निर्माण पक्षले खुलासा गरेको छैन। निर्माता न्यौपानेका अनुसार कलाकार तथा प्राविधिक टोलीको घोषणा क्रमशः गरिनेछ।

‘लोकल हिरो’ले नेपाली समाजका स्थानीय कथा र मौलिक परिवेशलाई पर्दामा प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ। निर्माता न्यौपानेका अनुसार फिल्म केही वर्षअघि नै चलचित्र विकास बोर्डमा दर्ता भइसकेको थियो। अब निर्माणका लागि उपयुक्त समय आएकाले क्षेत्रीलाई मुख्य अभिनेताका रूपमा अनुबन्ध गरिएको हो।

अनन्या फिल्मस्को ब्यानरमा ‘लोकल हिरो’सँगै ‘जेरी : द लास्ट क्लाइम्ब’ र ‘टिका’ गरी तीन फिल्म निर्माणको तयारीमा छन्।

सम्बन्धित समाचार

सबै