‘एक्का तीन’मा पूजा र कविताको टकराव

0 Shares

भदौको तेस्रो साताबाट छायांकनमा जाने तयारीमा रहेको फिल्म ‘एक्का तीन’को फर्स्ट लुक सार्वजनिक गरिएको छ । दुई मुख्य नायिकालाई केन्द्रमा राखेर सार्वजनिक गरिएको पोस्टरमा पूजा शर्मा र मोडल तथा नायिका कविता नेपालीलाई एङ्ग्री अवतारमा प्रस्तुत गरिएको छ ।

पोस्टरमा पूजा र कविताबीचको टकरावलाई प्रमुखताका साथ देखाइएको छ । एक्सन जनरामा निर्माण हुन लागेको फिल्ममा दुई नायिकाबीचको भिडन्तलाई मुख्य आकर्षणका रूपमा प्रस्तुत गर्न खोजिएको देखिन्छ ।

जुना फिल्मस्को प्रस्तुतिमा निर्माण हुन लागेको फिल्ममा मुख्य नायक को रहनेछन् भन्ने विषयमा भने निर्माण पक्षले केही खुलाएको छैन ।

रुपेश तामाङको निर्देशनमा बन्न लागेको फिल्मको कथा तथा लेखन सुमन गजमेरले गरेका छन् । फिल्ममा रामकृष्ण खरेल र अनुप गडालको लगानी रहनेछ ।

फिल्ममा पूजा र कविताबीचको टकराव कस्तो रूपमा प्रस्तुत हुनेछ भन्ने विषयलाई निर्माण पक्षले खुलाएको छैन । तर, सार्वजनिक पोस्टरले नै फिल्ममा दुई नायिकाबीचको एक्सन र भिडन्तलाई प्रमुखताका साथ प्रस्तुत गरिने संकेत गरेको छ ।

सम्बन्धित समाचार

सबै