नेपाल ब्युटी, मेकअप एन्ड कस्मेटिक अवार्ड २०२६को मनोनयन सार्वजनिक

0 Shares

काठमाडौं — छैटौँ संस्करणको ‘नेपाल ब्युटी, मेकअप एन्ड कस्मेटिक अवार्ड–२०२६’ को मनोनयन सूची सार्वजनिक गरिएको छ। हरेक वर्ष नेपाल म्युजिक एन्ड फेसन अवार्डसँगै मनोनयन सार्वजनिक गरिँदै आए पनि यसपटक दुवै अवार्ड एकै स्थान र समयमा आयोजना हुने भए पनि ब्युटी, मेकअप एन्ड कस्मेटिक अवार्डको मनोनयन छुट्टै सार्वजनिक गरिएको हो।

अवार्डको ग्रान्ड फिनाले भदौ १८ गते दिउँसो २ बजे चलचित्र विकास बोर्डमा आयोजना हुने आयोजकले जनाएको छ।

अवार्डअन्तर्गत बेस्ट चलचित्र मेकअप, बेस्ट ब्राइडल मेकअप, बेस्ट पार्टी मेकअप, बेस्ट नेल टेक्निसियन, बेस्ट नेल आर्ट, बेस्ट ब्राइडल हेयर डिजाइन, बेस्ट हेयर स्टाइलिस्ट, बेस्ट हेयर टेक्निसियन, बेस्ट मेहेन्दी आर्ट डिजाइन, बेस्ट फेसियल आर्टिस्ट, बेस्ट आईल्यासेस टेक्निसियन, बेस्ट माइक्रोसेडिङ, बेस्ट ब्युटिसियन (मोफसल), बेस्ट ब्युटी पार्लर/मेकअप स्टुडियो (काठमाडौं) र बेस्ट ब्युटी पार्लर (मोफसल) लगायतका विधा समावेश छन्।

यी विधामा मनोनयन सार्वजनिक गर्दै भोटिङसमेत खुला गरिएको छ। निर्णायकको निर्णय र प्राप्त भोटका आधारमा विजेता छनोट गरिने आयोजकले जनाएको छ।

एसबी क्रिएसन प्रालिकी अध्यक्ष सरिता भारतीका अनुसार संस्थामा प्राप्त आवेदन फारमका आधारमा मनोनयन सूची तयार गरिएको हो।

मनोनयन सूची

बेस्ट चलचित्र मेकअप
१. अमृत मरहठ्ठा — फिल्म ‘मोहर’
२. बिनोद श्रेष्ठ — फिल्म ‘कोशेढुंगा’
३. सरोजा पाण्डे — फिल्म ‘अन्जिला’

बेस्ट ब्राइडल मेकअप
१. लक्ष्मी महर्जन
२. सुमी खवास — मोफसल
३. निता महर्जन

बेस्ट पार्टी मेकअप
१. निशा रजक
२. मुना महर्जन
३. राधा चौधरी

बेस्ट नेल टेक्निसियन
१. सुष्मा महर्जन
२. देउकला खेवाङ
३. ललिता जोशी

बेस्ट नेल आर्ट
१. मुना महर्जन
२. निशा रजक
३. रिता तामाङ

बेस्ट ब्राइडल हेयर डिजाइन
१. रबिना ठकुरी
२. लक्ष्मी महर्जन
३. सुमी खवास — मोफसल

बेस्ट हेयर स्टाइलिस्ट
१. आयुशा खड्का
२. मनिष नेपाल
३. स्मृति सुब्बा

बेस्ट हेयर टेक्निसियन
१. रिता तामाङ
२. उषा गुरुङ
३. शान्ति शर्मा

बेस्ट मेहेन्दी आर्ट डिजाइन
१. रिता तामाङ
२. रमा नेपाल
३. ललिता जोशी

बेस्ट फेसियल आर्टिस्ट
१. दुर्गा पौडेल बुढाथोकी — मोफसल
२. हिरादेवी पुलामी मगर
३. प्रमिला बुढाथोकी

बेस्ट आईल्यासेस टेक्निसियन
१. हिरा राई
२. स्मृति सुब्बा
३. ललिता जोशी

बेस्ट माइक्रोसेडिङ
१. रबिना ठकुरी
२. बिना राना मगर
३. निशा रजक

बेस्ट ब्युटी पार्लर/मेकअप स्टुडियो (काठमाडौं)
१. चेली मेकअप स्टुडियो — कालिमाटी, काठमाडौं
२. इसु ब्युटी सलुन — चावहिल, काठमाडौं
३. आरएल ब्युटी पार्लर — टोखा, काठमाडौं

बेस्ट ब्युटिसियन (मोफसल)
१. सुमी खवास — बेलबारी, मोरङ
२. दुर्गा पौडेल — बागमती, सर्लाही
३. रोशनी श्रेष्ठ — पुनर्वास, कञ्चनपुर

बेस्ट ब्युटी पार्लर (मोफसल)
१. रोशनी श्रेष्ठ — न्यु सुविक्षा ब्युटी पार्लर, कञ्चनपुर
२. राघी श्रेष्ठ — एन्जल ब्युटी सलुन, बरहथवा, सर्लाही
३. चाँदनी श्रेष्ठ — चाँदनी ब्युटी सलुन, आदमघाट, धादिङ

  1.  

सम्बन्धित समाचार

सबै