‘खोज तलास’को पोस्टर सार्वजनिक, फागुनमा रिलिज हुने

0 Shares

काठमाडौं । यल्लि वूड फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्म ‘खोज तलास’को पोस्टर सार्वजनिक गरिएको छ । अमेरिकाको न्युयोर्कमा आयोजित एक कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वले संयुक्त रूपमा फिल्मको पोस्टर सार्वजनिक गरेका हुन् ।

स्टेट मेम्बर स्टेबिन रागा, निर्देशक किशोर सुब्बा, व्यवसायी तथा समाजसेवी केशवराम राई, नृत्य निर्देशक गोविन्द राई, आदिवासी जनजाति महासंघ अमेरिका महासचिव सुमन थाम्सुहाङ, किरात याक्थुङ चुम्लुङ अमेरिका अध्यक्ष पुरन लिम्बु तथा नेपाली कलाकार संघ अमेरिका अध्यक्ष बसन्ती राईले संयुक्त रूपमा पोस्टर सार्वजनिक गरे ।

दिनेश लिङ्देनको कथा तथा निर्देशन रहेको फिल्मले नेपालको समसामयिक राजनीति र विभिन्न सामाजिक घटनालाई कथाको आधार बनाएको निर्देशक लिङ्देनले बताए ।

फिल्ममा रुद्र पाहिम, पुष्पाञ्जली लिम्बु, राजकुमार शाह, शैलेन्द्र नाल्बो, बिमला खजुम, शर्मिला शर्मा, रोहन सेन्चुरी, पूर्ण सेलिङ, पूजा गिरी, यासेली योङहाङ, सागर केरुङ, दिलीप योङहाङ, राजु घिमिरे, तेज मेन्याङ्बो र बिमल ढुङ्गेललगायतका कलाकारको अभिनय छ ।

शैलेन्द्र नाल्बो निर्माता रहेको फिल्ममा विकास चौधरीको संगीत, राजेशपायल राई, मेचु धिमाल र सुवास राईको स्वर, कुमार महर्जनको द्वन्द्व निर्देशन, कमल राईको नृत्य निर्देशन तथा हेमन योन्जनको छायांकन रहेको छ ।

निर्देशक लिङ्देनका अनुसार फिल्मको बेलायतमा चाँडै प्रिमियर शो आयोजना हुँदैछ । प्रिमियरको तयारीका लागि निर्माता शैलेन्द्र नाल्बो बेलायत पुगिसकेका छन् ।

नेपालमा भने फिल्म फागुनमा प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ । प्रदर्शनको निश्चित मिति भने चाँडै सार्वजनिक गरिने बताइएको छ ।

सम्बन्धित समाचार

सबै