‘बेहुली’को रोमान्टिक गीत ‘म भईन भने’ सार्वजनिक

0 Shares

काठमाडौं । भदौ २६ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘बेहुली’को दोस्रो गीत ‘म भईन भने’ सार्वजनिक गरिएको छ। फिल्मको पहिलो गीत ‘दिलमा ठाउँ छ’ युट्युबमा १ करोड भ्यूजको नजिक पुगिरहेका बेला निर्माणपक्षले नयाँ गीत सार्वजनिक गरेको हो।

रोमान्टिक भावको गीत ‘म भईन भने’मा गायक सुरेश लामा र गायिका दुर्गा खरेलको स्वर छ। गीतमा फिल्मका प्रस्तुतकर्ता तथा संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ भने एरेन्ज उदय राज पौडेलले गरेका छन्।

गीतको भिडियो पनि आकर्षक बनाइएको छ। उत्सव दाहालको सिनेमाटोग्राफी र सियोन श्रेष्ठको कोरियोग्राफी रहेको भिडियो भारतका रमणीय स्थान दार्जिलिङ, मिरिक र सिक्किममा छायांकन गरिएको हो।

फिल्मको कथा र दृश्यको आवश्यकताअनुसार ती स्थान छनोट गरिएको प्रस्तुतकर्ता तथा संगीतकार पोखरेलले बताए। भिडियोमा मुख्य कलाकार पारस बम ठकुरी ‘कुल ब्वाइ’ र दिव्या रायमाझीलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ।

सशान कँडेलको निर्देशन र माधव शर्माको लेखन रहेको ‘बेहुली’मा पारस र दिव्यासँगै सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगरलगायत कलाकारको अभिनय छ।

द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुतिमा बनेको फिल्ममा अर्जुन पोखरेल प्रस्तुतकर्ता छन्। प्रताप शमशेर राणा निर्माता तथा शंकर कोइराला र रमेश सिलवाल कार्यकारी निर्माता छन्। दुर्गा खरेल र शिशिर श्रेष्ठ सह–निर्माता रहेका छन्। कोसिस राज क्षेत्री र सम्राट क्षेत्री लाइन प्रोड्युसर हुन्।

फिल्ममा नरेन्द्र मैनालीको डीओपी, विकास दाहालको सम्पादन र रोशन श्रेष्ठको एक्सन कोरियोग्राफी छ। सुदीप कुँवर मुख्य सहायक निर्देशक तथा योगेन्द्र कार्की र मार्लोभ ढुंगाना सहायक निर्देशक छन्।

यमप्रसाद ओली प्रोडक्सन हेड रहेको फिल्ममा किशोर नेपालको प्रोडक्सन डिजाइन, राजु वाइबाको मेकअप र एलेक्स बासुकलाको पहिरन डिजाइन रहेको छ।

काठमाडौं उपत्यकाभित्र काफिया फिल्म्स र उपत्यकाबाहिर श्री व्यंकटेश इन्टरटेन्मेन्टले फिल्म वितरण गर्नेछन्। फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।

सम्बन्धित समाचार

सबै