काठमाडौं — बहुप्रतिक्षित नेपाली फिल्म ‘१२ गाउँ २’बाट अभिनेता समीर भट्टको शक्तिशाली एक्सन लुक्स सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा भट्टलाई कसिलो तथा मांसपेशीयुक्त शरीरसहित आक्रामक एक्सन अवतारमा प्रस्तुत गरिएको छ। उनको यो लुक्सले फिल्ममा देखिने दमदार एक्सन प्रस्तुतितर्फ संकेत गरेको छ।
बिराज भट्ट फिल्म प्रोडक्सन प्रालिको प्रस्तुति रहेको फिल्मकी निर्माता सरस्वती भट्ट हुन् भने निर्देशन बिराज भट्टले गरेका छन्।
फिल्ममा समीर भट्ट, बिराज भट्ट, अनुप विक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कलु राना, खुसी कार्की, पुष्कर भट्ट, राज हमाल, प्रजल दुलाल, कमल देवकोटा, साहित सिंह ठकुरी, अर्जुन आचार्य, शिवा सिंह, नेहा आर शाह, पूर्णबहादुर गन्धर्व र सुदीर श्रेष्ठलगायतको अभिनय रहेको छ।
यसै फिल्ममार्फत कृशु शाही (काफिया) र वर्षा ईटनीले अभिनयमा डेब्यु गर्दैछन्।
सन्तोष सरकारको कथा रहेको फिल्मको डीपी तथा छायांकन महेश पौडेलले गरेका हुन्। मुख्य सहायक निर्देशकमा योगेन्द्र सिंह र चन्द्र प्रसाद भट्टराई, प्रोडक्सन हेडमा प्रणव सुबेधी तथा प्रोडक्सन म्यानेजरमा भीम पौडेल र रमेश खड्का रहेका छन्।
फिल्मको ड्रेस डिजाइन ज्योती केशी, मेकअप डिके हमाल तथा हेयर डिजाइन मेघा शाहीले गरेका छन्।
संगीतमा युग भुसाल र डीपी खनालको सहकार्य रहेको फिल्ममा सुगम पोखरेल, निशान भट्टराई, समीक्षा अधिकारी, प्रेरणा सिंह र किरण भुजेलले स्वर दिएका छन्। म्युजिक कम्पोजर देबेन्द्र बराल हुन्। ब्याकग्राउन्ड म्युजिक काला चरण तथा साउन्ड डिजाइन यम गुता गुरप्पाले गरेका छन्।
फिल्मको सम्पादन बान्दे प्रसादले गरेका छन् भने उमेश थापा सह–सम्पादक छन्। सिनेम्याटोग्राफी राम केसी र राजु लामाले सम्हालेका छन्। नृत्य निर्देशन रामजी लामा र सियोन श्रेष्ठको रहेको छ भने द्वन्द्व निर्देशन स्टन्ट सिल्भा र शंकर महर्जनले गरेका छन्।
टिजर सन्देश शाहले तयार पारेका हुन्। आर्टमा अक्की थेक्पा र राजेश लेप्चा रहेका छन्। कलर प्रकाश रुद्र तथा पोस्टर डिजाइन आइडियल डिजाइनरले गरेका हुन्। विनिसा सेवा सहायक निर्देशक तथा क्ल्यापमा रहेकी छन्।
काफिया फिल्म्स र कुबेर सिनेमाले वितरण गर्ने फिल्मको डिजिटल पार्टनर आरटी इन्टरटेन्मेन्ट (RT Entertainment) रहेको छ भने डबिङ ग्लोबल रिल मोसन पिक्चर्सले गरेको छ।
‘१२ गाउँ २’ आगामी असोज ३० गते अर्थात् अक्टोबर १६, दशैंको फूलपातीको अवसर पारेर देशभरका सिनेमाघरमा प्रदर्शनमा आउनेछ।
