चार सयबाट छानिए १८०, ‘नेशन्स गट ट्यालेन्ट–३’मा बाल प्रतिभाको कडा प्रतिस्पर्धा

0 Shares

काठमाडौं । ‘नेशन्स गट ट्यालेन्ट सिजन ३’को बाल विधाअन्तर्गत १८० प्रतिभा मेगा अडिसनमा आमनेसामने भएका छन् । सातदेखि १३ वर्ष उमेर समूहका चार सय बालबालिकाबाट स्थानीय तहमा गरिएको अडिसनमार्फत १८० प्रतिभा छनोट भएका हुन् ।

एएनपी मिडिया हाउसले आयोजना गरेको शोका लागि गत वैशाखदेखि विभिन्न स्थानीय तहमा अडिसन गरिएको थियो । स्थानीय चरण पार गर्दै मेगा अडिसनमा पुगेका बालबालिकाले आफ्नो नृत्य प्रतिभा प्रस्तुत गरिरहेका छन् ।

‘नेशन्स गट ट्यालेन्ट सिजन ३ किड्स डान्स’को मेगा अडिसन बिहीबारदेखि ओएसआर रियालिटी युट्युब च्यानलमा सार्वजनिक हुन थालेको छ । एपीवान स्टुडियोमा छायांकन गरिएको मेगा अडिसनमा केशव राज भट्ट, राज टाइगर र कविता न्यौपाने निर्णायकको भूमिकामा छन् ।

अब १८० प्रतिभाबाट ८० जना मात्र टेलिभिजन राउन्डमा पुग्नेछन् । आयोजकका अनुसार निर्णायकको छनोटबाट ६० र दर्शकको भोटिङबाट २० जना चयन हुनेछन् ।

यसले प्रतियोगितामा निर्णायकको मूल्यांकनसँगै दर्शकको रोजाइलाई पनि जोडेको छ । स्थानीय तहबाट सुरु भएको बाल प्रतिभा खोजी अब मेगा अडिसन पार गर्दै टेलिभिजनको मुख्य प्रतिस्पर्धामा पुग्ने चरणमा छ ।

शोको सञ्चालन प्रनीमा दाहालले गरिरहेकी छन् । शम्भु प्रसाद रेग्मी संयोजक, अनीता तामाङ प्रशासन प्रमुख तथा लोमशबहादुर कार्की र लबिसकुमार कार्की इभेन्ट म्यानेजर रहेका छन् ।

सम्बन्धित समाचार

सबै