‘दृश्यम ३’को विश्वव्यापी कमाइ ३०३ करोड, सोमबार घट्यो कलेक्सन

0 Shares

मुम्बई । अजय देवगन स्टारर बलिउड फिल्म ‘दृश्यम ३: द कन्क्लुजन’ले प्रदर्शनको चार दिनमै विश्वव्यापी बक्स अफिसमा ३०३ करोड भारतीय रुपैयाँ ग्रस कलेक्सन गरेको छ। तर, सप्ताहन्तमा बलियो कमाइ गरेको फिल्मको कलेक्सन सोमबार भने घटेको छ।

भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार फिल्मले सोमबार भारतमा २१ करोड रुपैयाँ नेट कमाइ गरेको छ। यो आइतबारको ६१ करोड रुपैयाँको तुलनामा करिब ६५ प्रतिशत कम हो। सोमबारसम्म फिल्मको भारतमा कुल नेट कलेक्सन १९७.५० करोड र ग्रस कलेक्सन २३७ करोड रुपैयाँ पुगेको छ। विदेशमा फिल्मले ६६ करोड रुपैयाँ ग्रस कमाएको छ।

अक्टोबर २ मा प्रदर्शनमा आएको फिल्मले पहिलो दिन ६२ करोड रुपैयाँ नेट कमाउँदै अजय देवगनको करियरकै सबैभन्दा ठूलो ओपनिङ गरेको थियो। फिल्ममा अजयसँगै तब्बु, श्रिया सरन, इशिता दत्ता र जयदीप अहलावतलगायत कलाकार छन्। अभिषेक पाठक निर्देशित यो फिल्म ‘दृश्यम’ फ्रेन्चाइजको तेस्रो तथा अन्तिम भाग हो।

सम्बन्धित समाचार

सबै