बलिउडका दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। उनको बिहीबार बिहान गोवास्थित निवासमा हृदयघातका कारण निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
गोवाको डोना पाउलास्थित घरमा बेहोस अवस्थामा भेटिएका उनलाई तत्काल मणिपाल अस्पताल लगिएको थियो।
अस्पतालका चिकित्सकले करिब ४५ मिनेटसम्म सीपीआर दिए पनि उनलाई बचाउन सकेनन्। अस्पतालले बिहान ५ः२० बजे उनलाई मृत घोषणा गरेको बताइएको छ।
वास्तविक नाम विश्वनाथ पाटेकर रहेका नाना पाटेकर भारतीय फिल्मका प्रभावशाली अभिनेता, निर्देशक तथा लेखकका रूपमा परिचित थिए। ‘परिन्दा’, ‘क्रान्तिवीर’, ‘प्रहार’, ‘खामोशी : द म्युजिकल’, ‘अब तक छप्पन’, ‘अपहरण’, ‘राजनीति’ र ‘वेलकम’ लगायतका फिल्ममा उनले सम्झनलायक अभिनय गरेका छन्।
पाटेकरले आफ्नो अभिनयबाट तीन पटक राष्ट्रिय फिल्म पुरस्कार जितेका थिए। भारतीय सिनेमामा पुर्याएको योगदानका लागि उनलाई सन् २०१३ मा भारत सरकारको प्रतिष्ठित पद्मश्री सम्मानसमेत प्रदान गरिएको थियो।
उनको निधनसँगै भारतीय फिल्म क्षेत्रमा एक प्रभावशाली कलाकार गुमेको छ। उनको अभिनय शैली, दमदार संवाद प्रस्तुति र विविध भूमिकाका कारण उनी दर्शकमाझ लामो समयसम्म स्मरणीय रहनेछन्।