‘गौथली’का निर्देशक डा. कपिल रिजाललाई अन्तर्राष्ट्रिय अवार्ड

0 Shares

काठमाडौं। नेपाली फिल्म ‘गौथली’का निर्देशक डा. कपिल रिजालले फ्रान्सको RED Movie Awards 2026 अन्तर्गत Autumn Edition मा Best Director (Man) विधामा अवार्ड जितेका छन्।

अवार्डको आधिकारिक वेबसाइटमा प्रकाशित अन्तिम विजेता सूचीअनुसार डा. रिजाल उक्त विधामा विजेता घोषित भएका हुन्। यस उपलब्धिले अन्तर्राष्ट्रिय स्तरमा नेपाली फिल्म र यसको सिर्जनात्मक क्षमतालाई चिनाउन थप योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यस सफलताका लागि निर्देशक रिजाललाई दर्शक, शुभचिन्तक, आफन्त तथा फिल्मप्रेमीहरूले बधाई तथा शुभकामना दिएका छन्। ‘गौथली’लाई माया, विश्वास र साथ दिएर यो स्थानसम्म पुर्‍याउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरिएको छ।

निर्देशक रिजालको यो उपलब्धिलाई उनको सिर्जनात्मक मेहनत र नेपाली फिल्मप्रतिको समर्पणको सम्मानका रूपमा हेरिएको छ।

सम्बन्धित समाचार

सबै