काठमाडौं — सुपथ मूल्य, आधुनिक सुविधा र टिकाउपनका कारण टेक्नोको स्मार्टफोन ‘स्पार्क गो ३’ नेपाली बजारमा ग्राहकको रोजाइमा पर्न थालेको कम्पनीले जनाएको छ। दैनिक प्रयोगका लागि आवश्यक सुविधा र चाडपर्वमा उपहार दिन उपयुक्त मूल्यका कारण फोनले ग्राहकको ध्यान आकर्षित गरिरहेको कम्पनीको भनाइ छ।
नेपाली बजारमा टेक्नो स्पार्क गो ३ दुई भेरियन्टमा उपलब्ध छ। ४ जीबी र्याम तथा ६४ जीबी स्टोरेज भएको मोडलको मूल्य २१ हजार ९९९ रुपैयाँ र ४ जीबी र्याम तथा १२८ जीबी स्टोरेज भएको मोडलको मूल्य २५ हजार ९९९ रुपैयाँ तोकिएको छ।
फोनमा ६.७४ इन्चको १२० हर्ज रिफ्रेस रेट भएको डिस्प्ले, ५,००० एमएएच ब्याट्री, १३ मेगापिक्सेलको मुख्य क्यामेरा र ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छन्। त्यस्तै, टेक्नोको एआई भ्वाइस असिस्टेन्ट र इन्टरनेट वा मोबाइल नेटवर्कबिना सञ्चार गर्न सकिने ‘कम्युनिकेसन २.०’ सुविधासमेत समावेश गरिएको कम्पनीले जनाएको छ।
धुलो तथा पानीका छिटाबाट जोगाउन आईपी६४ सुरक्षा मापदण्ड र सामान्य खसाइबाट बचाउन बलियो बनावट दिइएको छ। ग्राहकको विश्वास बढाउने उद्देश्यले कम्पनीले फोनमा १०० दिनको रिप्लेसमेन्ट सुविधा र १३ महिनाको आधिकारिक वारेन्टी पनि उपलब्ध गराएको छ। खरिद गरेको १०० दिनभित्र प्राविधिक समस्या देखिएमा तोकिएका सर्तअनुसार फोन साट्न सकिने कम्पनीको भनाइ छ।
बडादशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सञ्चालन भइरहेको ‘टेक्नो स्मार्टफोन किन्दा सुनको चंगा’ उपहार योजनाअन्तर्गत विभिन्न स्थानका ग्राहकले उपहार जितिरहेका छन्। यसै क्रममा काठमाडौंको न्युरोडस्थित मोबाइल पोइन्टबाट टेक्नो क्यामोन ४० प्रो स्मार्टफोन खरिद गरेकी उर्मिला शर्माले चाँदीको चंगा जितेकी छन्।
योजनाअन्तर्गत टेक्नो स्मार्टफोन खरिद गर्ने ग्राहकले दैनिक चाँदीका सिक्का तथा हरेक साता दुई जनाले चाँदीका चंगा जित्ने अवसर पाउनेछन्। अभियानको अन्त्यमा हुने बम्पर लक्की ड्रमार्फत एक जना भाग्यशाली विजेताले पाँच लाख रुपैयाँ बराबरको सुनको चंगा प्राप्त गर्ने कम्पनीले जनाएको छ।
विश्व बजारमा चिपसेट र र्यामलगायतका पार्टपुर्जाको लागत बढिरहेको उल्लेख गर्दै कम्पनीले आगामी दिनमा नेपाली बजारमा पनि स्मार्टफोनको मूल्य बढ्न सक्ने जनाएको छ। कम्पनीले हालकै मूल्यमा फोन खरिद गरी उपहार योजनामा सहभागी हुन ग्राहकलाई आग्रह गरेको छ।