मनिष पण्डितले सम्हाले चलचित्र विकास बोर्डको नेतृत्व

0 Shares

चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले सोमबारदेखि आफ्नो जिम्मेवारी सम्हालेका छन्। बोर्डको कार्यालयमा पुगेका उनलाई कर्मचारी तथा पदाधिकारीले फूलमालासहित स्वागत गरेका थिए।

पदभार ग्रहण गर्नुअघि पण्डितले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा अध्यक्ष पदको नियुक्तिपत्र बुझेका थिए। गत असोज ३० गतेको मन्त्रिपरिषद् बैठकले उनलाई बोर्डको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो।

यस पदका लागि १२ जनाले व्यावसायिक कार्ययोजना पेस गरेका थिए। मन्त्रालयले तीमध्ये मनिष पण्डित, नरेशकुमार पौडेल र निशा अधिकारीलाई अन्तिम प्रतिस्पर्धाका लागि छनोट गरेको थियो।

फिल्म क्षेत्रका गतिविधिसँग परिचित पण्डित बोर्डमा बक्स अफिस प्रणाली लागू गर्ने प्रक्रियामा पनि जोडिएका थिए। निकिता पौडेल बोर्डको अध्यक्ष रहँदा बक्स अफिस सफ्टवेयर भित्र्याउने काममा उनले भूमिका निर्वाह गरेका थिए। उनी फिल्म निर्माणमा समेत सक्रिय छन्।

सम्बन्धित समाचार

सबै