यस वर्षको दशैँमा प्रदर्शनमा आएका तीन नेपाली फिल्म ‘आबाट आमा २’, ‘१२ गाउँ २’ र ‘छ माया छपक्कै २’ अपेक्षित व्यापार गर्न असफल भएका छन्। । दशैँको लामो बिदा र सफल फिल्मका सिक्वेलको जगमा एकै समयमा प्रदर्शनमा आएका यी फिल्मले ठूलो कारोबार हुने अपेक्षा गरिएको थियो।
सोमबार सार्वजनिक भएको आधिकारिक वक्सअफिस रिपोर्टका अनुसार ‘आबाट आमा २’ ले सर्वाधिक चार करोड ११ लाख रुपैयाँ ग्रस कलेक्सन गर्दा ‘छ माया छपक्कै २’ ले दुई करोड ७६ लाख तथा ‘१२ गाउँ २’ ले एक करोड ८२ लाख रुपैयाँ कमाइ गरेको छ। यी तीन फिल्मको कुल ग्रस कलेक्सन आठ करोड ६९ लाख रुपैयाँ हुन्छ। ती ३ फिल्मले कम्तीमा ३० करोडको आँकडा पार गर्ने अनुमान गरिएको थियो जुन फिल्मको बुकिङ खूलेसँगै क्रमशः क्षीण हुँदै गएको थियो।
यसपटक अघिल्ला वर्षझै एडभान्स बुकिङमा दर्शकहरुको रुचि देखिएन साथै विन्डो सेलमा समेत कुने उत्साह देखिएन ।
हालको व्यापारको गति कायम रहे तीनवटै फिल्मको संयूक्त ग्रस कमाइ १० करोड रुपैयाँको गर्न कठिन हुने देखिन्छ। विशेषगरी ‘छ माया छपक्कै २’ र ‘१२ गाउँ २’ का निर्मातालाई बक्स अफिसबाटै लगानी सुरक्षित गर्न चुनौतीपूर्ण छ। ‘आबाट आमा २’ भने तुलनात्मक रूपमा सुरक्षित हुने सम्भावना देखिएको छ।