काठमाडौं । निर्देशक राजु श्रेष्ठले आफ्नो नयाँ फिल्म ‘नौ डाँडा काटेर’ घोषणा गरेका छन्। कोजाग्रत पूर्णिमाको अवसरमा उनले फेसबुकमार्फत नयाँ फिल्मको नाम सार्वजनिक गरेका हुन्।
श्रेष्ठको निर्देशनमा बन्न लागेको यो फिल्म सिनेमा पाठशालाको ब्यानरमा निर्माण हुनेछ। फिल्ममा अनिल कुमार बुढाथोकी निर्माता, ईश्वर बल्लभ उप्रेती कार्यकारी निर्माता र सुरज कुमार लाइन प्रोड्युसरका रूपमा रहनेछन्।
रंग पत्रकार तथा फिल्म निर्माता रघुनाथ सापकोटाले फिल्मको कथा र पटकथा तयार पार्नेछन्।
श्रेष्ठको निर्देशनमा बनेको ‘कंगाल करोडपति’ अहिले छायांकनको अन्तिम चरणमा छ। उक्त फिल्मको छायांकन सकिएपछि ‘नौ डाँडा काटेर’का कलाकार र प्राविधिक टोलीबारे जानकारी सार्वजनिक गर्ने निर्देशक श्रेष्ठले बताएका छन्।
नयाँ फिल्ममा कोको कलाकार रहनेछन्, छायांकन कहिले सुरु हुनेछ र प्रदर्शन मिति कहिले तय हुनेछ भन्ने विषयमा भने जानकारी दिइएको छैन।
