काठमाडौं । नवीन पन्तको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्म ‘बाकस’ फ्लोरमा गएको छ। कास्कीको धम्पुसबाट छायांकन सुरु गरिएको फिल्ममा विपना थापा, वर्षा राउत र महेश त्रिपाठीलगायत कलाकारको अभिनय रहनेछ।
पिके इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा बन्ने फिल्ममा भोलाराज सापकोटा, हिउवाला गौतम, धुर्व गौतम, पुष्कर राउत, विक्रम बुढाथोकी, रोहित श्रेष्ठ र विमल यादव पनि देखिनेछन्। बाल कलाकारमा सुपला सापकोटा, सनाज चौलागाईं, अविरल चौलागाईं, रेखा भण्डारी र सगुन खड्का छन्।
फिल्मको निर्माण सुजिता चौलागाईंले गर्दैछिन्। राजन सिंह केसी र छत्रबहादुर खड्का सहनिर्माताका रूपमा जोडिएका छन् भने कार्यकारी निर्मातामा धिरेन्द्र पन्त (धिरुभाई) रहेका छन्।
प्राविधिक टोलीमा छायांकनका लागि महेश पौडेल, संगीतका लागि दीपक शर्मा र सनम पुरुष राई तथा कोरियोग्राफीका लागि सियोन श्रेष्ठ छन्। मणि तामाङ मुख्य सहायक निर्देशक हुन्। सहायक निर्देशकमा सावन शर्मा, सिर्जना भुजेल र मनिष चौलागाईं रहेका छन्।
त्यस्तै, द्वन्द्व निर्देशन किरण दाहाल, शृंगार उर्मिला लामा, हेयर अस्मिता सापकोटा र स्टिल फोटोग्राफी लक्ष्मण पाण्डेको जिम्मामा छ। निर्मल न्यौपानेले प्रोडक्सन म्यानेजर, ज्योति केसी र निराजन घिमिरेले कस्ट्युम डिजाइनर तथा आइडलले पोस्टर डिजाइनको जिम्मेवारी सम्हाल्नेछन्।
‘बाकस’को प्रदर्शन मिति र कथावस्तुबारे भने थप जानकारी सार्वजनिक हुन बाँकी छ।