फिल्म ‘सारथी’को रोमान्टिक गीत ‘मयाली’ सार्वजनिक गरिएको छ । निर्माण टिमले म्युजिक नेपालको युट्युब च्यानलबाट गीत सार्वजनिक गरेको हो ।
प्रशान्त शिवाकोटी र रचना रिमालको स्वर रहेको गीतमा प्रशान्तकै शब्द तथा संगीत छ । प्रेमकथामा आधारित गीतको भिडियो कविराज गहतराजले निर्देशन गरेका हुन् । भिडियोमा फिल्मका मुख्य कलाकार गिरी विश्वकर्मा र गायत्री जोशी रोमान्टिक नृत्यमा देखिएका छन् । गोपाल रायाले भिडियो खिचेका हुन् ।
गीतमा रत्न बिकको बाँसुरी, मनीष गन्धर्वको सारंगी, पोषण मगरको मादल र पुरस्कार खड्काको गितार सुन्न सकिन्छ । विशम आचार्यले संगीत उत्पादन गरेको गीतको मिक्सिङ तथा मास्टरिङ समिक (साउन्ड को मुम्बई) ले गरेका छन् ।
कुमार गजुरेलको निर्देशन रहेको फिल्म मंसिर ११ गतेदेखि प्रदर्शनमा आउनेछ । फिल्मको कथा, पटकथा र संवादसमेत गजुरेलले नै लेखेका हुन् ।
फिल्ममा निरुता सिंह, उत्तम प्रधान, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, कल्पना थापा, मदन थापा, अनिता कुईकेल, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल र धिरेन कार्कीलगायत कलाकार छन् ।
किम्भे प्रोडक्सन र धीरज फिल्म इन्फिनिटीको ब्यानरमा बनेको फिल्मको छायांकन म्याग्दीको गुर्जा क्षेत्रमा गरिएको हो । तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता रहेको फिल्ममा रदिप श्रेष्ठ र प्रदीप रायमाझी निर्माता छन् । बेक बहादुर विश्वकर्मा र नवीन श्रेष्ठ कार्यकारी निर्माता तथा अविनाश राई, द्वारिका श्रेष्ठ र ओमिसन थापा सहनिर्माता हुन् । अमिर केसीले लाइन प्रोड्युसरको जिम्मेवारी सम्हालेका छन् ।
संकल्प भुजेलको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन, राजु खतिवडाको मुख्य सहायक निर्देशन तथा यमुना आचार्य र आशिष श्रेष्ठको सहायक निर्देशन रहेको फिल्ममा बाबुल गिरी र प्रशान्त शिवाकोटीको संगीत छ । फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ।