सुरु भयो एक्सन-प्रेमकथा ‘मोहनी’को छायांकन, जोडी बने आशीर्वाद र सनिशा

0 Shares

काठमाडौं । गोविन्द सिंह भण्डारीको निर्देशनमा बन्न लागेको फिल्म ‘मोहनी’को छायांकन सुरु भएको छ। एक्सन र प्रेमकथाको संयोजन रहने फिल्मको छायांकन चितवनबाट सुरु गरिएको हो।

विजय ब्लोन तामाङको निर्माणमा बन्न लागेको फिल्मको छायांकन ६० दिनमा पूरा गर्ने लक्ष्य राखिएको छ। मोभिरा इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्म चितवनपछि मुस्ताङ, मुक्तिनाथ, पोखरा हुँदै काठमाडौंमा छायांकन गरिने निर्माता विजयले बताए।

कथाको मागअनुसार कलाकार छनोट गरेर छायांकन सुरु गरिएको बताउँदै निर्माता विजयले दर्शकलाई राम्रो फिल्म दिने उद्देश्यसहित निर्माण टिम जुटेको जानकारी दिए।

फिल्ममा आशीर्वाद क्षेत्री, सनिशा भट्टराई, सरोज खनाल, निमा पाण्डे, विजय ब्लोन, देवकुमार श्रेष्ठ, रञ्जना भट्टराई, रिस्ता अधिकारी, कर्मा लामा, सुरक्षा इटनी र उत्पल झा लगायतका कलाकार देखिनेछन्।

विजय ब्लोन तामाङको कथा रहेको फिल्मको पटकथा तथा संवाद सामीप्यराज तिमल्सेनाले तयार पारेका हुन्। महेश पौडेलले छायांकन गर्ने फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहनेछ। विक्रम स्वार र किरण थापाले नृत्य निर्देशन गर्नेछन्।

तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक तथा तेजबिक्रम केसी प्रोडक्सन म्यानेजर रहेको फिल्मको निर्माण मोभिरा इन्टरटेन्मेन्टको ब्यानरमा हुन लागेको हो।

सम्बन्धित समाचार

सबै