यस्ता छन् ‘एक्टर: टेक वन’ सिनेमाका दुई नयाँ पोस्टर

0 Shares

माघ १६ गते रिलिज हुने ‘एक्टर: टेक वन’ सिनेमाका दुई नयाँ पोस्टरसहित मोशन पोस्टर रिलिज गरिएको छ ।

पोस्टर सार्वजनिकपछि बोल्दै सिनेमाका निर्देशक राजन भुषालले सिनेमाको नयाँ ब्रान्डिङको योजना स्वरूप दुई पोस्टर र मोसन पोस्टर रिलिज गरिएको जानकारी दिए ।

सार्वजनिक भएका दुईमध्ये एक पोस्टरमा प्रमुख कलाकारहरू प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी र, राजबल्लभ कोइरालालाई फिचर छन् भने अर्को पोस्टरमा अभिनेता द्वय खड्का र कोइराला मात्र फिचर भएका छन् ।

विजय बस्यालले डिजाइन गरेका पोस्टरले सिनेमाको कथा र चरित्रहरूलाई प्रभावकारी रूपमा चित्रण गर्ने प्रयास गरेका छन् ।

एक पोस्टरले भावनात्मक सम्बन्ध र कथा सम्बन्धित पात्रहरूलाई केन्द्रमा राखेको छ भने दोस्रो पोस्टरले सिनेमाको ‘थ्रिलिङ’ भागलाई उजागर गर्छ ।

आकाश बराल र राजन भुसालको सहलेखन रहेको सिनेमामा प्रदिप, आना, दिव्या, राजबल्लभका साथै दिव्य देव, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको अभिनय छ ।

अदृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो सिनेमामा निर्माता थमन कुमार भण्डारी हुन् भने सह-निर्माता अनीश भुसाल हुन् ।

सिनेमाको छायाङ्कन नरेन्द्र मैनालीले गरेका हुन् भने सम्पादन निमेष श्रेष्ठले गरेका छन् ।

सिनेमामा तीन संगीतकारहरु हर्कुलस बस्नेत, रोहित शाक्य, र एलिस कार्कीले संगीत दिएका छन् भने कोरियोग्राफी शिशिर खाती र किरण थापाले गरेका छन् ।

पोस्ट-प्रोडक्सन सुपरभाइजर साहिल खान रहेका छन् । यस सिनेमामा द्वन्द्व निर्देशन अष्ट महर्जनले र कला निर्देशन कृष्णमान तामाङले गरेका छन् ।

सम्बन्धित समाचार

सबै