गायिका ‘निरु’को ‘टुक्रिएको यो मन’मा मिस पबिलाई कसले दियो धोका ?

0 Shares

निर्मला घिमिरे ‘निरु’को स्वरमा ‘टुक्रिएको यो मन’ बोलको गीत सार्वजनिक भएको छ ।

वियोगान्त भावको गीतलाई कृष्ण बुढाथोकीले लेखेका हुन् भने संगीत डाक्टर किराँतले दिएका हुन् ।

यस्तै गीतको एरेन्ज तथा मिक्सिङ एवं मास्टरिङ सागर संसारले गरेका हुन् ।

गीतले प्रेममा आघात पाएकी एक नारीको पीडा व्यक्त गर्छ ।

यसैगरी गीतको भिडियो लोकप्रिय निर्देशक सबिर श्रेष्ठले निर्देशन गरेका हुन् । श्रेष्ठ निर्देशित भिडियोमा टिकटकबाट चर्चित बनेकी र पछिल्लो समय कमेडी दरबारबाट छाएकी मिस पबी, रमेश चन्द सोडारीको साथमा झरना रिसालको अभिनय गरेकी छन् ।

गीतलाई शिव ढकालले खिचेका हुन् भने संपादन तथा रंग संयोजन राम प्रसाद चौधरीले गरेका छन् ।

त्यसैगरी भिडियोका निर्माता गायिका घिमिरे र रंग एन पौडेल हुन् भने कार्यकारी निर्मातामा गोपाल कटुवाल रहेका छन् ।

सम्बन्धित समाचार

सबै