अभिनेत्री मनिषा काेईरालाले सर्वकालिन ब्ल्कबस्टर सिनेमा दुई पटक प्रयास गर्दासमेत हेर्न नपाएको बताएकी छन् ।
ह्वाइट हाउस लिट्रेचर फेस्टिबल कोइरालाले यस्तो खुलासा गरेकी हुन् ।
“दुईपटक टिकट नै काटेर पूर्णबहादुरकाे सारङ्गी हेर्ने समय मिलाएँ तर हाउसफूलकाे कारण टिकट पाइनँ” उनले भनिन् ।
नेपाली चलचित्र यसरी चलेकाे प्रति आश्चर्य मान्दै ह्वाइट हाउस लिट्रेचर फेस्टिबलकाे “आर्ट बिवाेन्ड बाैडरिज” मा उनले नेपाली चलचित्रकाे बजार ठूलाे हुँदै गरेकाे सन्दर्भ जाेडिन्, ” नेपाली फिल्म अन्तराष्ट्रिय बजारमा पुगिसक्याे । र नेपालमा फिल्मकाे बजार ठूलाे बनेकाे एउटा उदाहरण पूर्णबहादुरकाे सारङ्गी हाे ।”
अभिनेत्री मनिषाले बलिउड कलाकारले कडा मेहनत गरेकाे कारण स्थापित हुन पुगेकाे बताइन् ।
उनले भनिन्, ” बलिउड कलाकारले जस्तै मेहनत यहाँ भएकाे छ । यही मेहनतले निरन्तरा पायाे भने नेपाली फिल्मकाे बजार फराकिलाे हुनेछ ।”
कुनै पनि सफलता पाउन निरन्तरता र कडा मेहनत गर्नु पर्ने बताईन्, ” मेराे सिकाई कस्ताे छ भने, कि गर्ने हाे कि मर्ने हाे भन्ने हुन्थ्याे ।”
कला यात्रामा लाग्नुकाे कारण पारिवारिक पृष्ठभूमि राजनीतिक मात्रै नभएर परिवार कला प्रति झुकाव पनि रहेकाे बताइन् ।
उनका अनुसार बाल्यकालमा पारिवारिक पृष्ठभूमि राजनीतिक भएपनि आफ्नो हुर्काइ साधारण किसिमले भएको बताइन् ।
त्यसैगरी नयाँ पुस्ताका विध्यार्थीसँग साक्षात्कार गर्न मन लाग्ने भएकाले फेस्टिवलमा सहभागी भएको उनको भनाइ थियो ।\
उनले भनिन् , “नयाँ पुस्ताका विद्यार्थी माझ पुग्दा म आफूलाई अझै धेरै काम गर्ने उर्जा आउँछ, उनले भनिन्, “र कथाहरु सुन्ने र सुनाउने थलाे भएकाले म यस्ता कार्यक्रममा पुग्छु।”
यस्तै कुराकानीकाे क्रममा उनले क्यान्सरलाई जित्न मनाेबल बलियाे हुनु पर्ने बताइन् । “क्यान्सरलाई जित्नका लागि मनाेबल बलियाे हुनु पर्छ,” उनले भनिन्, “आफैबाट बाँच्ने प्रयास गर्नु पर्छ।”