नेपमेलो ‘सिंगर्स अन माइक’ अन्तर्गत रामचन्द्र काफ्लेको ‘ओइ मेरी कान्छी’ सार्वजनिक

0 Shares

नेपमेलो म्युजीकले नयाँ अवधारणासहित सुरु गरेको शो ‘सिंगर्स अन माइक’ अन्तर्गत वरिष्ठ गायक रामचन्द्र काफ्लेको गीत ‘ओइ मेरी कान्छी’ सार्वजनिक भएको छ। गीतको अन्त्यतिर गायिका मनीषा सुनारले उनलाई साथ दिएकी छिन्।

गीतका शब्द तथा संगीत गायक एवं संगीतकार सुमन ताम्राकारले तयार गरेका हुन्।

संगीतलाई प्रविधिसँग जोड्ने क्रममा ‘सिंगर्स अन माइक सिजन’ कार्यक्रम पूर्ण रूपमा रियालिटी शो नभए पनि रियालिटी शोकै मोडेलमा निर्माण गरिएको छ। यसको पहिलो एपिसोडमा बुटवलकी सुजाता पाण्डेले प्रस्तुति दिएकी थिइन्।

नेपमेलोको स्टेजमा रामचन्द्र काफ्लेको लाइभ प्रस्तुति हेर्न सकिन्छ। यो स्टेजका लागि एक वर्षको अवधिमा २४ वटा गीत तयार पारिएका छन्, जहाँ गायक-गायिकाहरू प्रत्यक्ष रूपमा प्रस्तुति दिनेछन्।

हाल अधिकांश गीत हिट भए पनि वास्तविक गायक को हुन् भन्ने दर्शक-श्रोताले थाहा नपाउने समस्या रहँदै आएको छ। यही समस्या समाधान गर्न **‘सिंगर्स अन माइक’**ले जो गायक हो, उनैलाई स्टेजमा प्रस्तुत गर्ने नीति अपनाएको छ।

यस शोमा नयाँ प्रतिभासँगै अनुभवी तथा चर्चित गायक-गायिकाहरूको प्रस्तुति समेटिनेछ। नेपमेलो म्युजीकलाई विश्वास छ कि ‘सिंगर्स अन माइक’ को यो अवधारणाले संगीतप्रेमी दर्शक-श्रोताहरूलाई भरपूर मनोरञ्जन प्रदान गर्नेछ।

नेपमेलोको मूल उद्देश्य गीत गाउने कलाकारलाई प्रत्यक्ष रूपमा प्रस्तुत गर्ने हो, जसले दर्शकलाई रमाइलो, ज्ञान र आनन्द प्रदान गर्ने विश्वास गरिएको छ।

 

सम्बन्धित समाचार

सबै