अन्ततः अनुराग कश्यपले छाडे ‘विशाक्त’ मुम्बई, सरे दक्षिण भारत

0 Shares

चलचित्र निर्माता अनुराग कश्यपले मुम्बई छाड्ने पूर्वघोषणा अनुसार दक्षिण भारत बसाइँ सरेका छन् । उनी स्वयंले यसको पुष्टि गरेका हुन्। कश्यपले बलिउड सिनेमा उद्योग विशाक्त  बनेकाले मुम्बई छाड्ने र  दक्षिण भारतमा काम गर्ने बताउँदै आएका थिए ।

गत वर्ष डिसेम्बरमा दिएको एक अन्तर्वार्तामा आफू दक्षिण भारत बसाइँ सर्ने योजना बनाइरहेको बताएका थिए।

दक्षिण भारतीय राज्य तमिलनाडुको राजधानी चेन्नईबाट प्रकाशित हुने द  हिन्दू पत्रिकासँग कुराकानीमा उनले मुम्बई छाडिसकेको पुष्टि गरेका हुन् ।

श्रोतका अनुसार, अनुराग  बैंगलोरमा बसाइँ सरेका छन्।

हिन्दी फिल्म उद्योगप्रति पहिले नै असन्तुष्टि व्यक्त गरेका उनले भने, “म चलचित्र क्षेत्रका मानिसहरूसँग टाढा रहन चाहन्छु। उद्योग धेरै नै विषाक्त भइसकेको छ। सबैजना अवास्तविक लक्ष्यहरू पछ्याइरहेका छन्, अर्को ₹५०० वा ₹८०० करोड(भारु)को फिल्म बनाउने प्रयासमा छन्। अब यहाँ सिर्जनात्मक वातावरण नै छैन।”

यसअघि, द हलिउड रिपोर्टर इण्डियासँगको अन्तर्वार्तामा, अनुरागले आफू हिन्दी फिल्म उद्योगबाट “वाक्क” र “निराश” भएको खुलाएका थिए।

उनले भनेका थिए, **”म दक्षिण भारतीय फिल्म निर्माताहरूप्रति ईर्ष्या गर्छु। किनभने अहिले म नयाँ प्रयोग गर्न जाँदा ठूलो जोखिम हुन्छ। अब यो नाफा-घाटाको कुरा बनिसकेको छ। निर्माताहरू भन्छन्, ‘मेरो मुनाफा कहाँ छ? म पैसा गुमाइरहेको छु।’ म भन्छु, ‘यो फिल्म बनाउन चाहँदैनौ भने नबनाऊ।’ तर, मलाई चाहिँ फिल्म बनाउनैपर्छ। किनभने फिल्म सुरु हुनुअघि नै यसको बजारबारे सोच्नुपर्छ। त्यसैले फिल्म बनाउने खुशी नै हरायो। यही कारणले म मुम्बई छोड्न चाहन्छु। साँच्चै भन्ने हो भने, अर्को वर्ष म मुम्बई छोड्दैछु।”

अनुराग कश्यपका आउँदा परियोजनाहरू

हाल अनुराग आफ्नो प्रस्तुतिमा निर्माण भएको मलयालम फिल्म ‘फुटेज’को प्रचारमा व्यस्त छन्।

सैजू श्रीधरन निर्देशित यस फिल्ममा मञ्जु वारियर, विशाख नायर र गायत्री आशोक मुख्य भूमिकामा छन्। यो फिल्म गत वर्ष अगस्टमा रिलिज भएको थियो भने हिन्दी संस्करण आउँदो ७ मार्च २०२५ मा रिलिज हुनेछ।

अनुराग अब आउने ‘डकैत’ फिल्ममा निडर प्रहरी अधिकृत को भूमिकामा देखिनेछन्। हिन्दी र तेलुगुमा एकसाथ छायांकन भइरहेको यो फिल्म मा आदिवि शेष र मृणाल ठाकुर मुख्य भूमिकामा छन्। तर, यस फिल्मको रिलिज मिति भने अझै घोषणा गरिएको छैन।

सम्बन्धित समाचार

सबै