दुर्गेशले एसईई परीक्षाको समयमा कुनै पनि कन्सर्टमा सहभागी नहुने घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत एक विज्ञप्ति जारी गर्दै उनले बिहीबारदेखि सुरु हुने एसईई परीक्षा अवधिभर कुनै कार्यक्रममा सहभागी नहुने कुरा बताएका छन्।
सार्वजनिक विज्ञप्तिमा एसईईमा सहभागी हुने विद्यार्थीलाई परीक्षा को शुभकामना दिँदै राम्रोसँग परीक्षा दिन आग्रह पनि गरेका छन्।
‘म जुनसुकै स्थानमा भए पनि, जति नै मञ्चमा उभिए पनि, मेरो वास्तविक शक्ति मेरा दर्शक-श्रोताको माया र विश्वास हो। मलाई फेरि कमब्याक गराउने, माया गर्ने, मसँगै हिँड्ने मेरा भगवानरुपी फ्यानहरू हुनुहुन्छ,’ दुर्गेशले विज्ञप्तिमा भनेका छन्। ‘हजुरहरूको हौसला, उर्जा, अनि साथले नै मलाई यो उचाइमा पुर्याएको हो। त्यसैले, जब हजुरहरूको लागि महत्वपूर्ण समय आउँछ, मेरो जिम्मेवारी पनि त्यति नै ठूलो हुन्छ।’
उनले कार्यक्रमका लागि विभिन्न महोत्सवहरूबाट प्रस्ताव आइरहँदा पनि आफ्ना फ्यानहरू प्रति जिम्मेवारीलाई महसुस गर्दै यस्तो निर्णय लिएको उल्लेख गरेका छन्।
‘मलाई धेरै महोत्सव तथा इभेन्टबाट कार्यक्रमको लागि कल आइरहेको छ। यदि मैले कार्यक्रम गर्दै हिँडे भने त्यसले पढाइलाई डिस्टर्ब गर्छ। ध्यान भंग गर्छ अनि भविष्यमा असर पर्न सक्छ। यी कुरालाई मध्यनजर गर्दै एसईई परीक्षा अवधिभर मैले कुनै कार्यक्रम नगर्ने घोषणा गर्दछु,’ उनले भनेका छन्। ‘मलाई फेरि कमब्याक गराउने, माया गर्ने, मसँगै हिँड्ने मेरा भगवानरुपी फ्यानहरू हुनुहुन्छ र हजुरहरूको हौसला, उर्जा अनि साथले नै मलाई यो उचाइमा पुर्याएको हो। त्यसैले, जब हजुरहरूको लागि महत्वपूर्ण समय आउँछ, मेरो जिम्मेवारी पनि त्यति नै ठूलो हुन्छ।’
