‘पिताम्बर’को दर्शक प्रतिक्रिया कस्तो छ? के भन्छन् प्रदिप‍-दिव्या ?

0 Shares

शुक्रवारको उत्साहजनक ओपनिङसँगै देशभर चलचित्र पिताम्बरले पुनः एक पटक नेपाली चलचित्र बजारलाई चलायमान बनाउने पक्का देखिएको छ। नयाँ वर्ष २०८२को अवसर पारेर चैत २९ गतेबाट प्रदर्शनमा आएका मल्टी-स्टारर चलचित्र पिताम्बरलाई दर्शक प्रतिक्रिया उत्कृष्ट आएको छ, जसले चलचित्रको माउथ पब्लिसिटी बलियो देखाएको छ।

शुक्रवार ‘हाइ अकुपेन्सी’का साथ चलेको पिताम्बरका लागि शनिबार बिहानैदेखि हलहरूमा भीड लागेको छ। कीर्तिपुर सिनेप्लेक्स, बिग मुभीज, लबिम मल, बिएसआर गंगबु, सिटी स्क्वायर, क्युएफएक्स भक्तपुर, के एल टावरलगायत देशभरका अन्य हलहरूमा पनि दर्शकको चाप बढ्दो छ।

चलचित्रले सोचे जस्तै ओपनिङ गरेकोमा चलचित्र टिम पनि खुसी देखिएको छ। चलचित्रकी निर्देशक कृषा चौलागाईं भन्छिन्, “चलचित्रप्रति विश्वास थियो नै, यद्यपि दर्शकको सकारात्मक प्रतिक्रियाले झनै खुसी बनाएको छ।”

यस्तै, चलचित्रका अभिनेता प्रदीप खड्का र अभिनेत्री दिव्या रायमाझीले पनि पिताम्बर दर्शकले रुचाएको प्रतिक्रिया दिएका छन्। यस्तै, अन्य कलाकारहरू दिव्यदेव पन्त, अनुप विक्रम शाही, प्रमोद अग्रहरीलगायतका कलाकारहरूले पनि दर्शकको भीड र प्राप्त प्रतिक्रियाले खुसी मिलेको बताए।

कृषा चौलागाईं निर्देशित चलचित्रमा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुप विक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरी, आर्यन सिग्देल, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यादेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रवीन्द्र भट्टराईको अभिनय छ।

चलचित्रमा बाल कलाकारका रूपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी (अनमोल) ले समेत अभिनय गरेका छन्।

विशाल चौलागाईं निर्माता रहेको फिल्ममा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता, प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायाङ्कन, बन्दे प्रसादको सम्पादन र ट्रेलर, समीर मिया र सत्यम रानाको भीएफएक्स, आशीष अविरल र बाबुल गिरीको सङ्गीत, हिमाल केसीको द्वन्द्व छ।

सम्बन्धित समाचार

सबै