चर्चित कमेडियन मेक्सम दिल्लीस्थित मेदान्त अस्पतालमा, के छ पछिल्लो स्वास्थ्य अवस्था ?
कलेजोमा घाउ भएपछि चर्चित कमेडियन मेक्सम गौडेलको हाल दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार भइरहेको छ ।
दुई महिना अगाडि समस्या सुरुभएपछि वानेश्वरस्थित सिभिल अस्पतालमा १२ दिन भर्ना भएका उनी थप उपचारका लागि त्यसपछि दिल्ली पुगेका हुन् ।
‘कमेडी नाइट विथ च्याम्पियन्स’का निर्देशक विशाल भण्डारीले संचारमाध्यमहरुलाई दिएको जानकारी अनुसार उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।

‘कमेडी नाइट विथ च्याम्पियन्स’मा ४ एपिसोड गरेपछि गौडेल बिरामी भएका थिए ।
‘कमेडी च्याम्पियन’बाट उदाएका गौडेलले ‘छक्कापञ्जा ५’ र ‘फेरि रेशम फिलिली’मा पनि अभिनय गरेका थिए ।
उनका सहकर्मी साथीहरुले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उनीहरुले सोक्रममा छिट्टै एकसाथ मञ्च साझा गर्न पर्खिरहेको बताएका छन् ।