‘मिस टिन अर्थ २०२५’ मा नेपालको प्रतिनिधित्व गर्दै प्रिन्सेस

0 Shares

१९ वर्षीया प्रिन्सेस मल्लले ‘मिस टिन अर्थ २०२५’ मा नेपालको प्रतिनिधित्व गर्ने भएकी छिन्। यो प्रतिष्ठित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता भारतको जयपुरमा आगामी साउन १८ देखि २४ गते (अगस्ट ३–९, २०२५) सम्म आयोजना हुँदैछ।

‘एस अफ मोडेल्स अन फायर’ नामक नेपालको अग्रणी मोडलिङ प्रतियोगितामा विजेता बनेपछि प्रिन्सेसले यो अवसर प्राप्त गरेकी हुन्। उनले आफ्नो प्रतिभा र कडा परिश्रमका आधारमा उक्त उपाधि जितेकी थिइन्।

प्रिन्सेस साउन १५ गते जयपुर प्रस्थान गर्नेछिन्। उनी क्याप्चर फोटोग्राफी नेपाल तर्फबाट नेपालको प्रतिनिधित्व गर्दैछिन्। उक्त संस्था पविन्द्र श्रेष्ठद्वारा स्थापित र निर्देशित हो, जसले नेपालमा थुप्रै सौन्दर्य प्रतियोगिता र मोडलिङ कार्यक्रमहरू आयोजना गर्दै आएको छ।

प्रतियोगिताका लागि प्रिन्सेसको तयारीमा पविन्द्र श्रेष्ठले मार्गदर्शन गरेका छन्। अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नाम चम्काउनेमा सबैले विश्वास व्यक्त गरेका छन्। उनकी कोरियोग्राफर अजय गुरुङ र स्टेज तालिम प्रशिक्षक रोहन श्रेष्ठ रहेका छन्।

सम्बन्धित समाचार

सबै