कलाकार सुलेमान शंकर ‘इकु’लाई पत्नीशोक, मृत्युको छैटौं दिनमा आज गरियो अन्त्येष्टि

0 Shares

कलाकार सुलेमान शंकर ‘इकु’ गहिरो पारिवारिक शोकमा परेका छन्। उनकी धर्मपत्नी अञ्जना शंकरको ४२ वर्षको उमेरमा साउन १० गते निधन भएको हो।

मिर्गौला रोगबाट पीडित अञ्जनालाई अचानक समस्या देखिएपछि नजिकको ह्याम्स अस्पतालमा लगिएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरे।

चार वर्षदेखि मिर्गौला उपचार गराउँदै आएकी अञ्जनाको अन्त्येष्टि भने निधनको केही दिनपछि, शुक्रबार पशुपति विद्युत शवदाहगृहमा पारिवारिक उपस्थितिमा सम्पन्न भयो। दाहसंस्कारमा ढिलाइ हुनुको कारण उनका छोरा अमेरिकामा रहेकाले फर्किन समय लाग्नु हो।

अञ्जना र इकुका एक छोरा र एक छोरी छन्। शंकर परिवारले गहिरो शोक व्यक्त गर्दै सबै शुभचिन्तकलाई साथ र सम्झनाको लागि धन्यवाद व्यक्त गरेका छन्।

सम्बन्धित समाचार

सबै