‘माग्ने बुढा’ले गरे क्यान्सर पीडित सुन्दरी सीतालाई दिए ५१ हजार

0 Shares

सामाजिक उत्तरदायित्व र मानवीय समानुभूतिको उदाहरण पेश गर्दै चर्चित हास्य कलाकार केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ ले फोक्सोको क्यान्सरबाट पीडित एमस नेपाल इन्टरनेशनल २०२३ की विजेता सीता सुवेदीलाई ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

घिमिरेले सुद्धिग्राम आयुर्वेदिक अस्पताल पुगेर उपचाररत सीतालाई प्रत्यक्ष भेट गरि सहयोग रकम हस्तान्तरण गरेका हुन्। सहयोग हस्तान्तरण कार्यक्रममा एमस नेपाल इन्टरनेशनलका आयोजक निशुकान्त झा पनि सहभागी थिए।

“उहाँजस्तो सक्षम, सकारात्मक र सक्रिय व्यक्तित्व गम्भीर संकटमा हुनु अत्यन्त पीडादायक हो। मेरो यो सहयोग सानो भए पनि उहाँका लागि प्रेरणा र हौसला बन्न सकोस्,” घिमिरेले भावुक हुँदै भने। साथै, उनले यो संकटको घडीमा अन्य व्यक्ति तथा संस्थालाई पनि सहयोग गर्न आग्रह गरे।

एमस नेपाल इन्टरनेशनलका आयोजक झाका अनुसार घिमिरेद्वारा प्रदान गरिएको सहयोग एक आत्मीय सद्भाव र प्रेरणाको उदाहरण हो। केही समयअघि ललितपुरमा आयोजित मिसेस नेपालको नयाँ संस्करण घोषणा कार्यक्रममा नै घिमिरेले सीतालाई ५० हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

२०२३ मा एमस नेपाल इन्टरनेशनलको उपाधि जितेकी सीता सुवेदी पछिल्ला केही महिनादेखि फोक्सोको क्यान्सरसँग जुधिरहेकी छिन्। सौन्दर्य प्रतियोगितामा विजयी भएपछि उनले सामाजिक सेवामा पनि सक्रियता देखाएकी थिइन्। हाल उनी उपचारसँगै विश्राममा रहेकी छन्।

सम्बन्धित समाचार

सबै