चलचित्र ‘बुकी’को फस्टलुक पोष्टर सार्वजनिक

0 Shares

मोहन केसी निर्देशित चलचित्र ‘बुकी’को फस्टलुक पोष्टर निर्माण पक्षले शनिबार सार्वजनिक गरेको छ। हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्मसको प्रस्तुतिमा तयार भएको यस चलचित्रको पहिलो झलक पोष्टरमा झपक्क फुलेको बुकी फूल देख्न सकिन्छ।

पोष्टमा लेकाली भूगोलको चौरमा कुहिरो छिर्न लागेको देखिन्छ। चौरमा एक पुरुषसहित सात महिला भलिबल खेलिरहेका छन्। भलिबलको नेट र कोर्ट पनि स्पष्ट देखिन्छ, जसले महिला टुर्नामेन्टको तयारीको संकेत दिन सक्छ, यद्यपि निर्माण पक्षले यसबारे प्रष्ट भनेको छैन।

बुकी फूल हिमाली क्षेत्रका पाटनमा वर्षाको समयमा फुल्ने फूल हो। स्थानीय बासिन्दाले त्यस ठाउँलाई ‘बुकी’ भन्ने हुँदा त्यहाँ फुलेको फूललाई ‘बुकी फूल’ भनिएको हो। चलचित्रले खेलकुद र प्रकृतिबीचको सम्बन्धलाई कथा बनाएको छ।

चलचित्रका कार्यकारी निर्माता प्रकाश आले र राजन केसी हुन्। निर्मातामा लक्ष्मण सापकोटा, अमिशा काउचा थापा र रमेश थापा रहेका छन्। क्रिएटिभ प्रोडुसर राजेश थापा र बसुन्धरा खरेल छन् भने को-प्रोडुसर जितु थापा र सुनील बुढाथोकी हुन्।

कलाकारमा सुरक्षा पन्त, देबेन्द्र बब्लु, रोशनी कार्की, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमलसिना, गानु जोशी, अनु दाहाल, सन्दिप बाबु लोहनी, निशा बजगाईं रहेका छन्।

चलचित्रका एसोसिएट निर्देशक आशुका अर्याल, चिफ असिस्टेन्ट निर्देशक आचार्य गोपाल हुन्। विकास गन्दर्भले छायांकन गरेका यस चलचित्रको सम्पादन भुपेन्द्र अधिकारीले गरेका छन्।

असिस्टेन्ट निर्देशकमा टाईग्रिस, निशा दाहाल, उज्वल अधिकारी र कलर मनोरञ्जन श्रेष्ठ छन्। लोकेशन साउन्डमा बिसन बस्नेत, सिमान्त थापा, डाइमन्ड आचार्य र निर्जल खत्री छन् भने ड्रोन अपरेटर टार्जन लिम्बु रहेका छन्। संगीतकार दीपक शर्मा र एचबीएन किस्मत छन्। पब्लिसिटी डिजाइन राकेश दाहालले गरेका छन्। मेकअप आर्टिस्ट श्याम मल्ल र प्रोडक्सन हेड थम्मन थापा रहेका छन्।

चलचित्रको छायांकन काठमाडौँ, पोखरा, बाग्लुङ्गको ढोरपाटन लगायतका क्षेत्रमा गरिएको छ। प्रदर्शन मिति तय नभए पनि निर्माण पक्षले यसलाई सन् २०२६ भित्र रिलिज गर्ने योजना बनाएको छ।

सम्बन्धित समाचार

सबै