‘कोशेढुंगा’को नयाँ गीतमा यसरी कोसँग रोमान्टिक बनिरहेकी छन् सुरक्षा?

0 Shares

फिल्म कोशेढुंगाको पहिलो गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ सामाजिक सञ्जालमा राम्रो चर्चा पाइरहेका बेला निर्माण टिमले फिल्मको दोस्रो गीत सार्वजनिक गरेको छ। नयाँ सार्वजनिक भएको गीतमा रोमान्टिक स्वादमा प्रस्तुत गरिएको छ।

गीतको भिडियोमा नायिका सुरक्षा पन्त र कलाकार मन्जिल कुमार फिचरिङ छन्। रिदम कँडेल र वेनिशा पौडेलको स्वरमा रहेको गीतमा विदुर तिमिल्सिनाको शब्द र रिदमकै संगीत सुन्न सकिन्छ।

नरदेवी फिल्म्स प्रा.लि. को सहकार्यमा सारङ्गी फिल्म्सले निर्माण गरेको फिल्म कोशेढुंगामा सुरक्षा पन्त, आर्यन सिग्देल, प्रवीण खतिवडा, ऋचा शर्मा, नीति शाह, मन्जिल कुमार, सरोज खनाल, लोकमणि सापकोटा, हिउँवाला गौतम, दिनेश काफ्ले, सविन कट्टेल लगायतका कलाकारको अभिनय रहेको छ।

फिल्म सरोज पौडेलको लेखन तथा निर्देशनमा बनेको हो। प्रेविल कँडेल र किशोर अनुराग निर्माताको रूपमा संलग्न छन् भने कार्यकारी निर्माता दिनेश खड्का हुन्। डीओपी बाबु श्रेष्ठ, सम्पादक नहकुल खड्का तथा संगीतमा खेम सेन्चुरी, आशिष अविरल र रिदम कँडेल रहेका छन्।

‘पूर्ण बहादुरको सारंगी’ जस्तो प्रशंसित फिल्म निर्देशन गरिसकेका निर्देशक पौडेलको यो नयाँ फिल्मलाई दर्शकको साथ मिल्ने अपेक्षा गरिएको छ। फिल्म कोशेढुंगालाई सेभेन सिज इन्टरनेशनलले विश्वभर ४० भन्दा बढी देशमा एकसाथ रिलिज गर्न लागेको हो।

सम्बन्धित समाचार

सबै